arrow

भारतीय रेलले तोड्यो ढिलाइको सबै रेकर्ड, साँढे तीन वर्षपछि पुग्यो सामान

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
rail1.jpg

काठमाडौं । भारतमा रेल ढिलो हुनु सामान्य समस्या हो ।  धेरैजसो स्थानमा तोकिएको समयमा रेल गन्तव्यमा नपुग्ने गरेको गुनासो आउने गरेको छ । यस्तोमा अधिकारीहरुको काम सकेसम्म समयमा नै रेललाई गन्तव्यमा पुर्‍याउने हुन्छ ।

यति हुँदाहुँदै पनि ३०–४० घण्टा रेल ढिला हुने कीर्तिमान भने यसअघि नै बसेको थियो । जतिबेला यो कीर्तिमान सहजै नतोडिने अनुमान गरिएको थियो ।
 
यद्यपि यसपटक भने ढिला हुने विषयमा यसअघि राखेको सबै कीर्तिमान तोडिएको छ । अब यो कीर्तिमान तोडिने सम्भावना भने निकै कम छ । एउटा भारतीय रेल साढे ३ वर्षपछि मात्र आफ्नो आफ्नो गन्तव्यमा पुगेको छ । अर्थात् यो रेल ३० हजार २ सय ४० घण्टामा आफ्नो गन्तव्यमा पुगेको हो ।
 
भारतको आन्ध्र प्रदेशको विशाखापटनमबाट उत्तर प्रदेशको बस्ती जिल्लाको लागि सन् २०१४ मा एक अर्डर दिइएको थियो । यद्यपि रेल २०१८ मा मात्र उक्त ठाउँमा सामान लिएर पुगेको हो । उक्त सामानको मूल्य १० लाख भारतीय रुपैयाँबराबरको थियो । २०१४ को नोभेम्बरमा पुर्‍याउनुपर्ने सो सामान नपुगेपछि व्यापारीले फोन गरेर जानकारी मागेका थिए तर रेलवेको दुरावस्था र व्यवस्थापकीय कमजोरीको कारण सो रेल विभिन्न स्टेसनहरुमा घुम्दाघुम्दा २०१८ मा गन्तव्यमा पुगेको हो ।
 
सामान गन्तव्यमा पुगेपछि व्यापारीलाई फोन गरेर सामग्री आइपुगेको जानकारी गराउँदा उनी छक्क परेका थिए ।  उनले आफ्नो अर्डर बिर्सिसकेका थिए र उनलाई सो सामान आउँछ भन्नेमा पनि विश्वास थिएन । यद्यपि उनले अर्डर गरेको सामान खोलेर हेर्दा सबै सामग्रीहरु बिग्रिसकेको थियो । व्यापारीले उक्त सामन लिन अस्वीकार गर्दै क्षतिपूर्तिको माग गरेका छन् ।
 
यस विषयमा रेलवेले भने आफ्नो बचाउ गर्दै रेलवेको जाँचको कारण सामान समयमा पुग्न नसकेको बताएको छ । यस किसिमको जाँच कुनै डिब्बा लिक भएको अवस्थामा मात्र गरिन्छ र यदि खराबी पाइएमा उक्त डिब्बा हटाइने गरिन्छ । यद्यपि यो रेलको विषयमा साँढे तीन वर्षसम्म किन कुनै खोज गरिएन भन्ने विषयमा कम्पनीमाथि प्रश्न उठेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ