arrow

बहुउपयोगी हिङको यस्ता छन् फाइदा, यी समस्यामा तत्काल दिन्छ राहत

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
hing.jpg

काठमाडौं । हिङको प्रयोग गरेर कयौं समस्याको समाधान गर्न सकिन्छ । थोरै पैसामा ठूला रोगको समेत निदान गर्नका लागि हिङको प्रयोग बहुउपयोगी मानिन्छ ।

हिङ सस्तो हुन्छ । तर यसको उपयोग धेरै हुन्छ । त्यसैले अधिकांशको घरको भान्छाकोठामा हिङ भएकै हुन्छ ।

तर यसको सही प्रयोग नहुँदा उपयोग पनि अनुपयोगी भइदिन्छ ।

नेपालमा यसको प्रयोग बढी मात्र हुँदैन महत्वसमेत बुढापुरानालाई थाहा हुन्छ । त्यसैले त भन्नेगर्थे  ‘हिङ नभए पनि हिङ बाँधेका टाला हौं ।’

के हो हिङ ?

हिङ एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ ।

हिङबाट अनेकौं किसिमका रोगहरुको उपचार गर्न सकिन्छ । हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रुपमा प्रयोग गर्नुपर्छ । छालामा लगाउँदा मात्र घ्यूमा नफुराई प्रयोग गर्न सकिन्छ ।

के के उपचार गर्न सकिन्छ हिङबाट ?

१, पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
हिङ, जाइफल, केशर र मरिच सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १-२ गोली मनतातो पानीसँग खाएमा निको हुन्छ ।

२, कब्जियत र अधिक वायु भएमाः
आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १्४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १्२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १्२ दिनमै ठीक हुन्छ ।

३, कान दुख्ने, पिप आउने, खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनून धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान्बेलुका ४-४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

४, दम रोगमा
एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई दुई गोली तातो पानीसँग बिहान बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।

५, हिङवाष्टक चूर्णः
पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।
बनाउने तरिकाː

ज्वानो, मरिच, पिप्ला, जिरा, सुठो, सिदेनून र अलिकति हिङ सबै बराबर मात्रामा धूलो बनाएर मिसाउने, घ्यूमा पहिले हिङ फूराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउने अलिकति सानो हर्रोको धूलो पनि मिसाउने अनि हिङवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने । आवश्यकता अनुसार १-१ चम्चा मनतातो पानीमा खाने ।

६, कम्मर दुख्ने रोगमाः
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

७, शूल भएमा, धेरै दिसा लागेमाः
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३-४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

८, महिलाको हिस्टेरिया रोगमा
१ चम्चा भाङको रसमा १ चिम्टी फुराएको हिङ फिटेर बिहान बेलुका खाने गरेमा ठीक हुन्छ ।

बुढापाकाले यसै भनेका रहेनछन्, ‘हिङ नभए पनि हिङ बाँधेको टालो हो ।’ हिङको महत्वले नै भन्छ कि हिङसंग जो जोडिन्छ उसको महत्व पनि बेग्लै हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ