arrow

यस्तो कम्पनी जहाँ कार्यालय सहयोगी नै छन् करोडपति

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
company.jpeg

काठमाडौं । हुन त सबैलाई आफ्नो तलब कम नै लाग्छ । तर तपाईले भारतको एक कम्पनीको बारेमा सुन्नु भएको छैन होला । भारतको उक्त कम्पनीमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म सबै करोडपति रहेका छन् । तपाईलाई जान्न मन होला कि त्‍यो कम्पनी कुन हो भनेर ?

सो कम्पनीमा कर्मचारीहरुको तलब त १० देखि २० हजार सम्म छ तर पनि सबै करोडपति छन् । अब प्रश्न आयो १० देखि २० हजार तलबले कसरी करोड पति ?  तर यो वास्तविक हो। उक्त कम्पनीको नाम रविराज फोइल्स लिमिटेड हो । जुन गुजरातको अहमदाबाद नजिक साणंदमा अवस्थित छ ।

त्यहा मजदूरी गर्ने कर्मचारीहरुको खातामा करोड रुपैयाँ रहेको छ । रोचक कुरा यो छ कि कम्पनी जब गाँउमा जमिन किन्न गयो तब गाँउलेहरुले कम्पनीसँग सर्त राखे । उनिहरुले जसको जमिन सरकारले अधिग्रहण गर्छ त्यसको मुअब्जाका साथै प्रत्येक घरका एक व्यक्तिलाई कम्पनीमा योग्यता अनुसार काम दिनुपर्ने माग राखे ।

रविराज फोइल्स लिमिटेड कम्पनीले अहमदाबादमा कारखाना स्थापित गर्न जमीन अधिग्रहण गर्‍यो। कम्पनीसँग गरिएको सर्त अनुसार  कारखानाले जागिर पनि दियो । जमिन अधिग्रहणपछि  मुअब्जामा गाँउलेले करोडौँ रुपैयाँ पाए ।

कम्पनीमा गाँउका मनिसहरुको योग्यता अनुसार सुपरभाइजर, सिक्योरिटी गार्ड, फोन मेन, मजदूर आदिको जागिर दिइएको छ । सो कारखानामा काम गर्ने करिब १५० जना कर्मचारीहरुको बैंक खातमा करोड भन्दा ज्यादा रुपैयाँ रहेको छ ।

गुजरात सरकारले ७८ हजार ६ सय २६ रोपनी जमीन अधिग्रहण गरेको छ । जसको लागि सरकारले ३ अर्व २० करोड रुपैयाँ भुक्तानि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ