arrow

मुख्यमन्त्री पोख्रेलसँग डिएफआईडीको टोलीको भेटघाट

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
pokhrel4.jpg

बुटबल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग बेलायत अन्तराष्ट्रिय सहयोग नियोग डिएफआईडीका एशिया क्षेत्रीय प्रमुख पिटर भवेल्स सहितको टोलीले आतबार भेटघाट गरेको छ  ।

भेटघाटमा प्रदेश सरकारका प्राथमिकता र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए । भेटमा डिएफआइडी नेपाल प्रमुख डा. रुरिड मार्सदेन समेत थिए ।

मुख्यमन्त्री पोख्रेलले सम्भव भएसम्म चालु पयिोजनाका सन्दर्भमा पुनरावलोकन गरी अघि बढ्न र अब नयाँ परियोजना सञ्चालन गर्दा छलफल गरेर अघि  बढ्न आग्रह गरे  ।

डिएफआइडीले नेपालको विकास प्रक्रियामा  सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वयात्मक ढंगले काम गर्ने  डिएफआईडी एशिया क्षेत्रीय प्रमुख भवेल्सले बताए । उनले  परिवर्तित सन्दर्भमा विगतको सहयोगलाई अझै व्यवस्थित गर्न इच्छुक रहेको बताए ।

 मुख्यमन्त्रीले प्रदेशको प्राथमिकता,  समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा सहयोग हुने विश्वास व्यक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ