arrow

'डेटिङ' बारे विश्वका केही नियमहरु

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
Online-Dating-.jpg

काठमाडौं । जो कोही पनि आफ्नो विशेष साथीसँगको घुमाइ सम्झनलायक नै होस् भन्ने चाहन्छ । यस्तोमा उनीहरु यो भ्रमणलाई यादगार बनाउन हरसम्भव प्रयास गर्ने गर्छन् । कुनै कुनै विषयहरुमा भने विशेष ध्यान दिनु जरुरी हुन्छ । यद्यपि डेटिङ जाने मामिलामा विश्वभर छुट्टैछुट्टै किसिमको प्रचलन रहेको छ । जसमध्येको केही यहाँ उल्लेख गरिएको छ ।
 
चुम्बन गर्नु जरुरी
प्राय मानिसहरु आफ्नो मनपर्ने मानिसलाई प्रेम देखाउनका लागि चुम्बन गर्ने गर्छन् । फ्रान्समा कसैसँग डेटिङ जाँदा चुम्बन गर्नु अनिवार्यजस्तै हुन्छ । त्यसका साथै डेटिङमा पूर्व प्रेमी-प्रेमिकासँग जान पनि पाइँदैन ।
 
खर्च बाँड्नु
धेरै फिल्महरुमा केटा र केटी डेटिङ जाँदा खान बस्ने बिल केटाले नै भर्ने गरेको देखाइन्छ । फ्रान्समा भने यस्तो हुँदैन । फ्रान्समा डेटिङ जाने केटा र केटी दुवैले मिलेर खर्चको बिल तिर्ने गर्छन् । यस किसिमको नियम स्पेन र इटालीमा पनि रहेको छ ।
 
यी तीन विषयमा कुरा नगर्नुहोस्
स्पेनमा पहिलोपटक डेटिङमा जाँदा पैसा, राजनीति र धर्मको विषयमा कुरा गर्न पाइँदैन । इटालीमा भने अर्काको स्वास्थ्यको विषयमा कुरा गर्नु नयाँ जोडीको कुरा गर्ने सबैभन्दा राम्रो तरिका रहेको मानिन्छ ।

रेष्टुरेन्टमा डेटिङ जान रोक
अष्ट्रेलियाका मानिसहरु पहिलो डेटिङमा कुनै पनि रेष्टुरेन्टमा जान पाउँदैनन् । यसका लागि उनीहरुलाई कुनै साहसिक क्षेत्रको छनोट गर्नुपर्ने हुन्छ ।

डेटिङको पहल गर्नेले गर्नुपर्ने तीन कामहरु
रुसमा डेटिङ जान पहल गर्नेले तीन कामहरु गर्नुपर्ने हुन्छ, जसमा पहिलो डेटिङको सबै खर्च उसले बेहोनुपर्ने हुन्छ, दोस्रोमा साथीलाई सुरक्षित घरमा छाड्नु र तेस्रो उसले कुराको सुरुवात गर्नुपर्ने हुन्छ । यो मुलुकमा पहिलो पटक डेटिङ जाँदा किस गर्न पनि पाइँदैन ।  यद्यपि केटीले आफ्नो हात अघि बढाएको खण्डमा भने उसलाई चुम्नु जरुरी हुनजान्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ