arrow

कम्पनीले पठायो एउटा केराको लागि कार किन्न सकिने मूल्यको बिल

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
banana1.jpg

काठमाडौं । एउटा केराको मूल्य कति पर्ला १०–१५ रुपैयाँ बढीमा २० रुपैयाँसम्म पर्ने गर्छ । यति मूल्यमा एउटा कार खरिद गर्न सकिएला ? यो कल्पना गर्न नसकिने कुरा हो तर एक व्यक्तिले एउटा केराको बिल कार खरिद गर्न सकिने रकमबराबरका पाएका छन् ।

चीनका एक व्यक्तिले अनलाइनमा सामग्रीहरु अर्डर गरेका थिए । उनलाई बिल भने ९३० पाउण्डको आएको थियो । चीनमा केरा निकै सस्तोमा पाइन्छ तर ९३० पाउण्डको बिल पाउँदा ग्राहक तर्सिएका थिए । जबकी चीनमा एउटा केरा ११ पेन्समा पाइन्छ ।
 
यस विषयमा ग्राहकले कम्पनीमा उजुरी गरेका थिए । विषयले गम्भीर रुप लिएसँगै कम्पनीले बिल बनाउँदा गल्ती भएको स्वीकार गरेको छ । उसले कम्पनीले ग्राहकसँग माफी पनि मागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ