arrow

विश्वका चर्चित बैंक चोरीका घटनाहरु

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
dark-knight.png

काठमाडौं। विश्वमा लुटपाटको घटना दिनहुँ हुने गर्छन्। तर केही घटनाहरू भने सबैलाई चकित पार्ने र समाचारको शिर्षमा छाउने गरेका छन्। हामी यस्तै केही ठुला चोरीको बिषयमा यहाँ चर्चा गर्दैछौ। यी चोरीले करोडौ-अर्बौ रुपैयाँहरु हराए जुन रकमले  केहि देशका कुल गृहस्थ उत्पादन (जीडीपी) चल्न सक्थ्यो।

२००३ मा इराकको राजधानी बगदादको एक बैंकमा सबैभन्दा ठुलो चोरी भएको थियो। भनिन्छ कि सो बैंकमा चोरी हुनु पुर्व सद्दाम हुसेन आफैले बैंकलाई पत्र लेखेको थिए। जसमा बैंकको सेफमा रहेको सबै रकम सद्दामको छोरा कुजेलाई दिन भनिएको थियो। संसारकै यो सबैभन्दा ठुलो चोरीमा बैंकबाट ९२० मिलियन पाउण्ड (करिब १ खर्व ३५ अर्व १२ करोड ७८ लाख ३० हजार नेपाली रूपैयाँ) लुटिएको थियो। सो घटना अमेरिकी आर्मीले इराक माथि हमला गर्नु भन्दा पहिलेको हो। 

यो चोरी सफल बनाउन लुटेराहरुले ब्राजीलको फोर्टलेजा शहरको बीचमा एक जग्गा किनेका थिए। त्यसपछि चोरीको लागि लुटेराको समुह बनाए। उनिहरुले तीन महिनासम्म  २५६ फिट लामो सुरुङ खनेर बैंकको तल सम्म पुगे। बाङ्को केन्द्रीय बैंकको मुख्य वेल्टसम्म पुगेर लुटेराहरुले ब्राजीलियन पैसाको करिब ३.५ टन नोट उठाए। उक्त रकमको मुल्य करिब ७ अर्व २७ करोड ७५ लाख रुपैया थियो।

१९८०- ९० को क्रममा चर्चीत ‘द नाइट्सब्रिज वल्ट’ नामको यो चोरी गर्ने वलेरियो विक्सेईको आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन्। इटालियन प्लेब्वाइको नामबाट प्रख्यात विक्सेईले उक्त चोरी बाहेक ५० अन्य बैंकमा पनि डकैती गरेका थिए। बैकंमा चोरी गर्न विक्सेई र  साथीहरु हतियार सहित बैंकमा पुगे र करिब ७३.२ मिलियन पाउण्ड ( करिब १० अर्व ७५ करोड ५५ लाख नेपाली रुपैयाँ ) लिएर फरार भए।

इराकमा चोरीको पुन: एक ठुलो घटना २००७ मा भएको थियो। डर अस सलाम बैंकलाई बैंककै दुई गार्डले लुटेकाका थिए। इराकका आन्तरिक सुरक्षा मन्त्रीले आफै यस घटनाका आरोपिको नाम बताएका थिए। बैक लुटपाट गर्ने ती दुई गार्ड आतंककारी संगठनसँग अवद्ध रहेको बताइन्छ।

लेबननमा गृहयुद्धको बीच फिलिस्तीनी लिबरेशन अर्गनाइजेशनसँग सम्बन्धित लुटेराहरुले बैंकको चर्चसँग जोडिएको पर्खाल बमले उडाएर बैकको लकरसम्म पुगेका थिए ।  सो घटनामा उनिहरुले करिब ३७.८ मिलियन पाउण्ड (करीब ५ अर्व ५५ करोड ४१ लाख नेपाली रूपैयाँ) लुटेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ