arrow

एउटै ठाउमा एक बर्षमा आठ जनाको सरुवा ?

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
Nijgadh-airport-445x300.jpg.jpeg
काठमाडौं । छिटो छिटो कार्यालय प्रमुख फेरबदल हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको कार्यसम्पादनमा प्रभाव परेको छ। पछिल्लो एक वर्षमा अध्यागमन कार्यालयमा आठजना कार्यालय प्रमुख फेरिएका छन् ।  
 
गृह मन्त्रालयको संवेदनहीनताका कारण एक वर्षको अबधिमा अध्यागमन यति धेरै प्रमुखको फेरबदल भएको हो। जसका कारण गम्भीर प्रकृतिको कार्यभार रहेको अध्यागमन कार्यालय अस्थिर बन्न पुगेको छ। कार्यालय प्रमुखको अस्थिरताले कार्यालयको सुधारमा पनि समस्या देखिएको छ। 
 
गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले अध्यागमनमा सहसचिवहरु जान नमान्ने प्रवृत्ति हाबी भएको स्वीकारे।  नयाँ पत्रिका दैनिकमा समाचार छ - अध्यागमन कार्यालयमा प्रमुखको रुपमा रहने सहसचिवको स्पष्ट जिम्मेवारी नभएकाले पनि समस्या रहेको कोइरालाले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ