arrow

चिम्पाञ्जीबाट नेताहरुले सिक्नुपर्ने पाँच कुरा

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
Koba.jpg

काठमाडौं । राजनीतिको कुरा गर्दा सबैभन्दा पहिले मानिसको छविको कुरा आउनु स्वाभाविक हो । यस्तोमा राजनीति गर्ने मानिसहरुका लागि चिम्पाञ्जीबाट निम्न कुराहरु सिक्नु जरुरी हुन्छ ।

१.साथीलाई साथम राख्नु र शत्रुको नजिक रहनु
यो चिम्पाञ्जी र राजनीतिमा मिल्ने सबैभन्दा ठुलो गुण हो । चिम्पाञ्जीमा पनि निष्ठा बदल्ने सिलसिला लगातार चल्ने गरेको छ । कुनै पनि समुह आफ्नो प्रभुत्वको लागि सधैं आफ्नो साथीको विरुद्ध जाने र शत्रुसँग मिल्ने गर्छन् । यस्तो धेरै सम्बन्धहरु फाइदाको लागि हुने गरेको छ ।

२. कमजोरसँग सम्बन्ध बढाउनु
चिम्पाञ्जीहरु बारबरी स्तर भएकासँग गठबन्धन बनाउने गर्छन्, यसको अर्थ कमजोर चिम्पाञ्जीहरु मिलेर बलियासँग प्रतिस्पर्धा गर्ने गर्छन् । त्यसैगरी राजनीतिमा कमजोर हैसियत भएकासँग सम्बन्ध विस्तार गर्दा आफूलाई बढी अधिकार मिल्ने सम्भावना हुन्छ । यदि आफूभन्दा बलियोसँगको सम्बन्ध छ भने यो सम्भावना कम हुन्छ ।

३. मानिसहरु डराउनु जरुरी तर ....
चिम्पात्तजीको नेता निकै डर देखाउने किसिमको हुने हुनुपर्छ । यद्यपि यस किसमको रवाफ धेरै दिनसम्मभने चल्दैन । केही समयपछि उसलाई असल नेता बन्न समुहको समर्थन जुटाउनुपर्ने हुन्छ । त्यसैले नेता बन्न सहृदयी र दृढ हुनु जरुरी हुन्छ ।

४. सुविधा देउ र राज गर
इतिहास हेर्ने हो भने जुन नेताले लामो समयसम्म सत्तामा रहने नेताले आफ्ना नागरिकहरुलाई पनि सुविधा दिएको देखिन्छ । बीबीसीको एक रिपोर्टमा चिम्पञ्जीको एक नेताले भुपडीबाट मासु चोरेर १२ वर्षसम्म आफ्नो बाँडेको थियो र समुहमा राज पनि गरेको थियो ।
 
५. बाहिरी खतराले बढाउन सक्छ समर्थन
चिम्पाञ्जीको समुहमा कसैले आक्रमण गरेको खण्डमा पूरै समुह एकजुट भएर बाह्य शक्तिमाथि खनिने गरेका छन् । राजनीति गर्नेले पनि कुनै बाह्य शक्तिले आक्रमण गर्ने तयारी गरेको भने एकजुट भएर त्यसको समाधान गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्नु जरुरी हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ