arrow

यस्तो रेलवे स्टेशन जहाँ स्वदेशीलाई पनि चाहिन्छ पासपोर्ट र भिसा

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
trains.jpeg

काठमाडौं।  भारतमा एक रेलवे स्टेशन रहेको छ जहाँ भारतीयलाई पनि भिसा अनिवार्य छ। एयरकन्डीशनर युक्त सो अन्तर्राष्ट्रीय रेलवे स्टेशनको नाम अटारी हो। यहाँ पुग्नको लागि पाकिस्तानी भिसा अनिवार्य गरिएको छ । खुफिया र सुरक्षा एजेन्सिहरुले २४ सौ घण्टा घेरेको सो रेलवे स्टेशनमा बिना भिजा पुग्ने नागरिकलाई १४ फोरेन एक्ट (बिना भिजा रेलवे स्टेशनमा आएको आरोप) मा मुद्दा दर्ता गरिने गरिएको छ।

जसको जमानत पाउन निकै गाह्रो छ । सो  रेलवे स्टेशनबाट भारतको सबैभन्दा भिभिआईपी रेल सम्झौता एक्सप्रेसलाई हरियो झण्डा देखाइन्छ। यो भारतकै पहिलो रेलवे स्टेशन हो जहाँ रेललाई हरियो झण्डा देखाउनको लागि सीमा शुल्क विभागसँगै रेलमा बसेका यात्रुहरुको अनुमति लिइन्छ। उक्त रेलवे स्टेशनबाट रेलवे टिकट किन्नेको पासपोर्ट नम्बर लेखिन्छ र उसलाई सीटको कन्फर्म गरिन्छ।

सो रेलवे स्टेशनमा भरियाहरुलाई प्रवेश निषेध छ। यात्रुहरुले आफ्नो सामान आफै उठाउनुपर्ने हुन्छ जसको लागि स्पेशल ट्रालिको व्यवस्था गरिएको छ। साथै स्टेशनमा बस्ने व्यवस्था र खानाको राम्रो प्रवन्ध रहेको छ। रेलवे स्टेशनको प्रत्येक समयको जानकारी रेलवे मुख्यालय (बडौदा हाउस, दिल्ली) मा दिइने गरिन्छ । सुरक्षामा २४ सै घण्टा जवान तैनाथ रहन्छन्।

सो रेलवे स्टेशनमा कुनै कारण रेल ढिलो भएमा सो बिषयमा भारत-पाकिस्तानले जानकारी राख्छन्। पन्जाब प्रहरी रेलवे स्टेशनको सुरक्षामा खटिएको छ। सो स्टेशनमा तस्विर खिच्न मनाही छ। रेलवे स्टेशन आरपीएफ, जीआरपी, बीएसएफ लगायत खुफिया सुरक्षा एजेन्सिहरुको नजरमा छन्। पर्यटकले चाहे भने टाढैबाट रेलवे स्टेशन हेर्न सक्छन्। यदि रेलवे स्टेशनको भित्र जान चाहे गृहमन्त्रालय अन्तर्गतका विभागको अनुमति आवश्यक हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ