arrow

ताला फोरेको झोंकमा विद्यार्थीहरु आक्रोशित, थपे ताला

logo
सरिता तिम्सिना पंगेनी
प्रकाशित २०७५ मंसिर ५ बुधबार
Pokhara-University.jpg

पोखरा । पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड साइन्सको डिन कार्यलयमा विद्यार्थीहरुले लगाएको ताला फोरेको विरोधमा विद्यार्थीहरु आक्रोशित भएका छन् ।

हेल्थ एण्ड साइन्सका डिन खेमराज जोशीले वार्ता र संवाद नगरी एकतर्फी रुपमा प्रहरीको सहयोगमा ताला फारेको आरोप विद्यार्थीहरुले लगाएका छन् । 

ताला फोरेको विरोधमा एमपिएच अध्ययनरत विद्याथीहरुले पो वि केन्द्रिय कार्यलयको मुल ढोकामा तालावन्दी गरेको एमविएच अध्ययनरत विद्यार्थी नारायण सापकोटाले जानकारी दिए । 

उनले विद्यालय प्रशासनले वार्तामा नवोलाई स्ववियु र प्रहरीको सहयोगमा ताला फोरिएको हुँदा थप आन्दोलन गर्नु परेको जानकारी दिए । मंगलबार नै अनेरास्वीयु क्रान्तिकारी र नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयले समेत तालाबन्दी गरेको नेविसंघ नेता विकास रानाभाटले बताए । 

उनले एमपिएचमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनको समर्थन गर्दै वार्ता र संवाद मार्फत जान आग्रह समेत गरेका छन् ।

काठमाण्डौ स्थित नोभेल कलेजमा विना भर्ना प्रक्रिया, चर्को शुल्क लिएर विद्यार्थी भर्ना गरेको र सवै भर्ना कार्यक्रम केन्द्रिकृत हुनु पर्ने माग विद्यार्थीहरुको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ