arrow

युवराज  बिन सलमानलाई साउदीको राजा बन्न नदिने षडयन्त्र

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ५ बुधबार
bin-salman.jpg

काठमाडौं । साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको जाँच अब प्रत्यक्षरुपमा साउदी शाह परिवारमा पुगेको छ । परिवारका केही सदस्य युवराज मोहम्मद बिन सलमानलाई राजा बन्नबाट रोक्ने षडयन्त्रमा लागेका छन् । 

परिवारका एक सदस्यले दिएको जानकारीअनुसार दर्जनभन्दा बढी राजकुमारहरु शक्तिशाली उत्तराधिकारी देख्न चाहन्छन् । 

यद्यपि स्रोतकाअनुसार साउदी राजा सलमान भएसम्म यस्तो हुन नसक्ने देखिएको छ । राजा सलमानको मृत्युपछि उनका भाभइ ७६ वर्षीय अब्दुल्लाह बिन अब्लुलजीज राजा बन्नसक्नेछन् । करिब डेढ महिना विदेशमा रहेका उनी अक्टोबरमा साउदी फर्किएका छन् । उनले विदेश भ्रमणको क्रममा साउदी सरकारको आलोचना गरेका थिए । 

यस विषयमा अदमद या उनको कुनै पनि नजिकको सम्बन्ध रहेका मानिसहरुले भने केही बताएका छैनन् । साथै अधिकारीहरुले पनि यसबारे टीप्पणी गरेका छैनन् । साउदी स्रोतका अनुसार अमेरिकी वरिष्ठ अधिकारीले अहमद राजा बनेको खण्डमा आफ्नो समर्थन रहने बताएका थिए । 

अहमद ४० वर्षदेखि आन्तरिक उपमन्त्री रहँदै आएका छन् । युवराजको सूचीमा उनको नाम पनि अगाडि थियो । अमेरिकी स्रोतका अनुसार खाशोग्गी हत्यामा युवराजको हात रहेको र अमेरिकी सांसदहरुले पनि दबाब दिइरहेको भए पनि अमेरिका युवराजसँग दूरी बढाउने पक्षमा भने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ