arrow

'इको पार्क' निर्माण गर्न प्रदेश पाँचका मन्त्री, सांसद पाल्पाको रानीमहलमा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
Ranimahal_photo.jpg

पाल्पा,(रानीमहल) ।प्रदेश पाँचका मन्त्रीहरु,प्रदेशसांसद सहित जिल्ला विकास समितिका पुर्वसभापतिहरु, नगरपालिकाका उपप्रमुख तथा कार्यकारी, वडाअध्यक्षहरु, स्थानीय सरोकारवालाहरु ऐतिहासिक रानीमहल पुगेका छन् । पाल्पाको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन इकोपार्क निर्माण गर्ने उद्देश्य सहित अवलोकन भ्रमणका लागि उनीहरु रानीमहल पुगेका हुन्  ।

अवलोकन भ्रमणपछि  अन्र्तक्रियामा वोल्दै प्रमुख अतिथि प्रदेश पाँचका भौतिक पुर्वाधार मन्त्री वैजनाथ चौधरीले, रानीमहल क्षेत्र र ऐतिहासिक दरवारको संरक्षण तथा यसको पुर्वाधार विकासका लागि गुरु योजना तयार गर्ने योजनाका साथ आफुहरु अवलोकन भ्रमणमा आएको बताए । मन्त्री चौधरीले भने, हामीले पहिलो काम प्रदेशको प्रवेश द्वार र महत्वपूर्ण पर्यटकिय गन्तव्यहरुमा गेट बनाउँदै छौ, हामीले त्यो गेटमा पहिलो वुद्धको जन्मस्थल लुम्बिनी, दोस्रोमा जीतगढी र तेस्रो नम्वरमा रानीमहल र रानीघाट क्षेत्रको परिचय खुल्ने खालका तस्वीरहरु प्रर्दशन र महत्वका विषयमा परिचय खुल्ने गरी राख्दै छौ, त्यसबाट वाहिरबाट आउँने प्रत्येक पर्यटकहरुले यहाँको अवलोकन गर्ने छन् तर सँग संगै पर्यटन विकासमा टेवा पुग्ने प्रदेश सरकारको सोंच रहेको छ ।

मन्त्री चौधरीले भने, यी सबै कुराका लागि यहाँ आउँने हरेक पर्यटकलाई उचित वासको व्यवस्था र आवत जावतमा समस्या नहुने खालका वाटो निर्माण कार्यलाई नगरपालिका र यहाँका सरोकारवालाको सक्रियतामा निर्माण गर्नुपर्ने हुन्छ, त्यसका साथै रानीमहलको संरक्षण र यसको प्रर्वधनका लागि आवश्यक पार्क निर्माणका साथै गुरु योजना निर्माण गरेर यहाँको पुर्वाधार विकास गर्न आवश्यक हुने धारणा समेत राखे ।

 विशिष्ठ अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले,पाल्पा र आसपासको विकास र रोजगारीका लागि पर्यटन विकास नै महत्वपूर्ण भएको बताउँदै, रानीमहल क्षेत्रको विकासले पाल्पामा लाखौ पर्यटक भित्र्याउँन सजिलो पर्ने बताए । उनले भने, मैले रानीमहलको बिषयमा जे सुनेको थिए, त्यो भन्दा धेरै राम्रो र ऐतिहासिक भएको आज प्रत्यक्ष देख्न पाए ।

रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन लागिएको हो । यसका लागि प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।यसै वर्ष्भित्र पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री लीला गिरीले बताए । रानीमहललाई प्रदेश ५ कै प्रमुख पर्यटकीय स्थल बनाइने लक्ष्यअनुसार पहिलो चरणमा इको पार्क बनाउन लागिएको उनले जानकारी दिए । आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिई लुम्बिनीपछिको आकर्षक पर्यटकीय गन्तव्य रानीमहललाई बनाउने मन्त्री गिरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ