arrow

विद्यालयमा नयाँ पाठ्यक्रम नमुना परीक्षण हुँदै

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
school_new.png

काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि देशभरका एक सय विद्यालयमा कक्षा १ र ११ को नयाँ पाठ्यक्रम परीक्षणको रुपमा लागु हुने भएको छ । नयाँ पाठ्यक्रमको प्रारुप स्विकृत भएसंगै यसलाई परीक्षणको रुपमा लागु गर्न लागिएको हो ।

पाठ्यक्रम केन्द्रका महानिर्देशक डा।लेखनाथ पौडेलले यो वर्ष १ र ११ कक्षाका पाठ्यक्रम परीक्षण लागू गरी बिसं २०७७ देखि देशैभर नयाँ पाठ्यक्रम लागु गर्ने जानकारी दिए ।

उनका अनुसार कक्षा १ मा नेपाली, अ्रग्रेजी, , गणित, विज्ञान , सामाजिक र स्वास्थ्य , शारिरिक लगायतका विषय लागू गरिनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले नयाँ पाठ्यक्रमको प्रारुप तयार गरेपछि यो प्रक्रिया अघि बढाइएको हो । धेरै पाठ्यपुस्तकको बोझ थप्नु भन्दा विद्यार्थीलाई सजिलो हुने गरी एकिकृत पाठ्यक्रम तयार गर्न लागेको बताइन्छ ।


सरकारले नमुना परीक्षणको लागि हालसम्म विद्यालय छनौट गरेको छैन । केही दिनमा विद्यालय छनौट गरिने केन्द्रले जनाएको छ । महानिर्देशक डापौडेलले भने–अहिले विद्यालय छनौटको प्रकृयामा रहेका छौ, कक्षा १ र ११ को लागि एकैपटक विद्यालय छनौट गर्नेछौं।’ (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ