arrow

कुन कुन मुलुकमा प्रतिबन्धित छन् नेपालमा मन पराइने यी खानेकुरा ?

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
foods-ban.jpeg

काठमाडौं । स्वास्थ्यको मामिलामा नेपालीहरु खासै संवेदनशील भएको पाइँदैन । जे भेटिन्छ, त्यसको प्रभावको विषयमा कुनै वास्ता नगरी खाने हाम्रो बानी छ । यसले मानिसको स्वास्थ्यमा कहिलेकाँही नकारात्मक प्रभाव पनि पार्ने गरेको छ । यहाँ केही बाहिरी मुलुकहरुमा प्रतिबन्धित खानेकुराहरु उल्लेख गरिएको छ –

१. टमाटर सस
नेपालमा टमाटर ससको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । भारतमा लोकप्रिय रहेको यो खाना फ्रान्समा प्रतिबन्धित छ । फ्रान्सको सरकारले सन् २०११ मा आफ्नो सबै प्राथमिक विद्यालयहरुमा टमाटरको ससमा प्रतिबन्ध लगाइएको छ । फ्रान्सले आफ्नो मुलुकको परम्परागत खानाहरुको स्वाद कायम राख्न यसलाई हटाउने निर्णय गरेको हो ।

२. चुइगम
चुइगम पनि नेपालमा उल्लेख्य मात्रामा बिक्री हुने गरेको छ । धेरै मानिसहरुले चुइगम खाने गरेको देख्न पाइन्छ । यद्यपि सिँगापुरमा चुइगममा प्रतिबन्ध लगाइएको छ । यदि चुइगम चपाइरहेको अवस्थामा प्रहरीले फेला पार्‍यो भने ठुलो जरिवानाको भागीदार हुनुपर्छ ।
 
३. समोसा
समोसा पनि धेरैको मनपर्ने परिकार हो । यो परिकार सोमालियामा प्रतिबन्धित छ । समोसाको आकार ईशाइ धर्मको चिन्हलाई बुझाउने किसिमको रहेको भन्दै आपत्ति प्रकट भएसँगै सोमालियाले समोसामा प्रतिबन्ध लगाएको हो । सोमालियमा सन् २०११ देखि समोसामा प्रतिबन्ध लगाइएको छ ।

४. खुला दूध
नेपालमा खुला दूधको व्यापार हुनु सामान्य कुरा हो । अझ केही मानिसहरु प्याकेटको दूध भन्दा पनि खुला दूधमा बढी जोड दिन्छन् । अमेरिकामा भने खुला दूध बिक्री गर्न पाइँदैन । अमेरिकाले खुला सामग्रीहरुको बिक्रीमा रोक लगाएको छ, जसको सूचीमा दूध पनि छ । अमेरिकामा खुला बदम बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।

५. शाकाहारी खाना
नेपालमा धेरैजसो शाकाहारी खाना नै खाने गरिन्छ । केही मानिसहरु अहिंसावादी भएको कारण पनि मासु खाँदैनन् । फ्रान्सको क्यानटिनमा भने शाकाहारी खाना प्रतिबन्धित छ । बालबालिकाहरुका लागि मांसहारी खाना पोषक तत्वको हिसाबमा पनि महत्वपूर्ण रहेकोले शाकाहारी खानामा प्रतिबन्ध लगाइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ