arrow

डडेल्धुरा बस दुर्घटनाका घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार

अत्तरिया । डडेल्धुरा बस दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले ब्यहोर्ने भएको छ ।

दुर्घटनामा घाइते भएकालाई भेट्न आज सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुग्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने घोषणा गरे ।

सो अवसरमा उनले उपचारमा कुनै कमी नगर्न चिकित्सकलाई निर्देशन पनि दिए ।

मुख्यमन्त्री भट्टसँगै घाइतेलाई भेट्न सो प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पनि अस्पताल पुगेका थिए।

 केआइसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ