arrow

देशव्यापी रुपमा शिक्षक आन्दोलित,  माग सम्बोधन नभए सरकार ढाल्ने चेतावनी

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ मंसिर ८ शनिबार
teacher-news.jpg

झापा। २६ बुधे मागहरु सहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत सात वटै प्रदेसका सामाजिक विकास मन्त्रालयमा एकै  समयमा  आज सुक्रबार धर्ना दिएका छन्।

शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६ बुधे माग सहित देशभरका शिक्षकहरु अहिले आन्दोलनमा उत्रिएका छन। 

त्यसै अनुरुप नेपाल शिक्षक महासंघ प्रदेश न १ को अगुवाईमा आज   सामाजिक बिकास मन्त्रालय प्रदेस न १ को कार्यालय अगाडि ४ घण्टा शिक्षकहरु धर्नामा बसेका थिए।

धर्ना अगाडि नेपाल शिक्षक महासंघ मोरङ जिल्लाको कार्यालय अगाडि प्रदेस १ भरिका १४ जिल्लाबाट आएका शिक्षकहरु आन्दोलनमा सरिक हुँदै धर्नाका लागि सामाजिक बिकास मन्त्रालय तर्फ लागेका थिए।

मन्त्रालय परिसर भित्रनै सान्तिपुर्ण धर्नागर्ने  योजना अनुरुप मन्त्रालय प्रबेस गरेका शिक्षक  हरुलाइ प्रहरीले बल प्रयोग गरि परिसर बाट बाहिर निकालेको थियो। 

कार्यक्रम लाइ सम्बोधन गर्दै बक्ता हरुले शिक्षक तथा कर्मचारिहरुको उचित मागलाई सम्बोधन नगरि राज्य अधिनायकवाद तर्फ उन्मुख हुँदै गए देस भरका शिक्षकहरु एकै साथ भेला भइ एकै निमेसमा अधिनायकवाद चरित्रको सरकार ढालिदिने चेतावनी  समेत दिएका छन।

राज्यले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, स्थानिय तहले बनाएको शिक्षा ऐन खारेज गर्नुपर्ने लगाएतका माग सहित चरणबद्ध रुपमा आन्दोलन महासंघले गरिरहेको छ। सोही अनुसार तेस्रो चरणको आन्दोलन स्वरुप मन्त्रालयमा धर्ना दिएको नेपाल शिक्षक महासंघ  केन्द्रिय संघर्स समितीले जनाएको छ।

धर्नामा प्रदेश नं. १ का १४ जिल्लाका शिक्षकहरुको उपस्थिती रहेको थियो। महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ। 

तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरूको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहात शिक्षकलाई स्थायी दरवन्दीमा रूपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरूको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने बाल शिक्षा शिक्षक, बिद्यालय कर्मचारी हरुलाइ उचित पारिश्रमिकको ब्यबस्था लगायतका माग राखि देसब्यापि रुपमा आन्दोलन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ