arrow

मंगल ग्रहमा भेटियो पानी, हावा र बरफ भएको संकेत 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ९ आइतबार
mars1.jpg

काठमाडौं । मंगल ग्रहमा चट्टान पानी, बरफ र हावा भएको केही संकेत देखिएको छ । चट्टान, पानी, बरफका साथै हावाको कारण बिग्रिएको सतहसँगै नयाँ कुराको संकेत मिलेको हो । 

युरोपियन स्पेस एजेन्सीको मिसन एक्सप्रेसले दिएको तस्वीरमा यस्तो खुलासा भएको हो । अन्तरिक्ष अभियानका जानकारहरुले मंगलग्रहमा केही गतिविधिहरु हुनसक्ने देखिएको बताएका हुन् । 

मंगल ग्रह दुई गोलार्धमा बाँडिएको छ, जसमा उत्तरी गोलार्ध दक्षिणी गोलार्धको तुलनामा केही गहिराइमा रहेको छ । 

मंगलग्रहको उत्तरी गोलार्धमा बलियो जमिन देखिएको छ । दक्षिणी क्षेत्रमा भने गहिरा गहिरा खाडलहरु भेटिएका छन् । 

ज्वालामुखी विष्फोटको कारण मंगलको उत्तरी क्षेत्रमा बलियो आधारभूमि तयार भएको विश्वास गरिएको छ । उत्तरी क्षेत्रमा केही चट्टान तथा साना पर्वत पनि रहेका छन् । मंगलको उत्तरी क्षेत्रको पश्चिममा पानी पनि देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ