arrow

रहेनन् मुटु र कलेजो एउटै भएका जुम्ल्याहा

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
jumlyaha-died.jpg

सुर्खेत । उपचारका क्रममा मुटु र कलेजो एउटै भएका जुम्ल्याहाको मृत्यु भएको छ । शरीर जोडिएका जुम्ल्याहा छोरीहरूको उपचारकै क्रममा आइतबार मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।

मंसिर २ गते राष्कोट नगरपालिका–५, की ललिता बुढाले शरीर जोडिएका छोरीहरूलाई जन्म दिएकी थिइन् । शरीर जोडिएका जुम्ल्याहा छोरीहरूको मुटु र कलेजो पनि एउटै थियो ।

प्रदेश अस्पताल सुर्खेतका बाल रोग विशेषज्ञ डा। नवराज केसीले बालिकाकाहरूको मुटु र कलेजो एउटै भएकाले शल्यक्रिया गरेर शरीर छुट्टाउने सम्भव नभएकोले प्रदेश अस्पतालमै उपचार भइरहेको अवस्थामा उनीहरूको मृत्यु भएको जानकारी दिए ।

उनीहरुको श्वासप्रवास बढेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ