arrow

पुरुषको क्षमता बढाउने १० खानेकुरा

logo
प्रकाशित २०७५ मंसिर १२ बुधबार
power.jpg

काठमाडौं । घरमा नयाँ सन्तान भित्रिनका लागि जति महिलाको प्रजनन क्षमता मजबुत हुन जरुरी छ, त्यतिक्कै मजबुत पुरुषको प्रजनन क्षमता (फर्टिलिटी) पनि हुन जरुरी छ । यदी खानेकुरामा यी १० चीजहरु भएको खण्डमा पुरुषको प्रजजन क्षमतामा बृद्धि हुन्छ ।


लसुनः लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजजन क्षमता बढाउन धेरै मद्दत गर्छ ।
 
अनारः अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता बृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको सेवनले वीर्यको गुणत्व पनि बृद्धि गर्छ ।
 
केराः केराममा भिटामिन ‘बी–१’, ‘ए’, ‘सी’ र प्रोटिन अधिक मात्रामा पाइने गरिन्छ । साथै यसमा ‘ब्रोमेलिन’ नामक ‘पाचकरस’ हुन्छ, जसले सेक्स हर्मोन बढाउन मद्दत गर्छ ।
 
 पालुंगोः पालुंगोमा आइरन र भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ, जसले वीर्य बढाउन मद्दत गर्छ ।
 
खुर्सानीः खुर्सानी पिरो हुने कारणले कतिपयले आफ्नो भोजमा यसलाई समावेश नर्गन पनि सक्छन् । तर, खानामा थोरै खुर्सानीको मात्रा सामेल गराउँदा पुरुषका लागि भने लाभदायक हुन्छ । खुर्सानीको सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक हर्मोन निर्माण हुन्छ, जसले प्रजजन क्षमतामा बृद्धि गर्छ । त्यस्तै यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ समेत अधिक मात्रामा हुन्छ ।
 
गोलभेंडाः गोलभेंडाको सेवनले पुरुषको वीर्य बढाउन मद्दत गर्छ ।
 
तरबुजाः तरबुजा विशेष गरी गर्मीको समयमा सेवन गर्ने गरिन्छ, जसको सेबनले गर्मीबाट राहत पाएको महशुस हुन सक्छ । तर, यसमा हुने ‘लाइकोपिन’ प्रजजन क्षमता बृद्धिका लागि लाभदायक समेत हुन्छ ।
 
भिटामिन ‘सी’युक्त फलः भिटामिन ‘सी’ युक्त फलहरु सुन्ताला, अन्तर्राष्ट्रिय फल किवी, अम्बा आदिको सेवन पुरुषको प्रजजन क्षमता बढाउन लाभदायक हुन्छ ।
 
स्याउः स्याउको सेवनले पनि पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ । काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ । -एजेन्सीको सहयोगमा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ