arrow

गाउँमै सरकारी सेवा पाएपछि स्थानीयमा खुशी

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
gau-khusi.jpg

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा  शिविर मार्फत सरकारी सेवा पाएपछि स्थानीय खुशी भएका छन् । स्वास्थ्य शिविर मार्फत सरकारी सेवा पाउँदा आफुहरु खुसी भएको  गाउँपालिका ५ हात्तिलुङ्गका स्थानीय झमकला थापाले बताईन् ।

 स्वास्थ्य  परिक्षणका लागि जिल्ला सदरमुकाम वा नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता खेप्दै आएका स्थानीयहरु स्थानीय स्तरमै स्वास्थ्य परिक्षण गराउन पाउँदा खुशी भएका हुन् । नेपाली सेना गोरखदल गण पाल्पाले  माथागढी गाउँपालिकाको व्यवस्थापन र समन्वयमा सैनिक नागरिक सम्बन्ध सुदृढ गर्न उद्देश्यले  शिविर भएको हो ।

माथागढी गाउँपालिका–५ हात्तिलुङ्गमा डाक्टर सहितको स्वास्थ्य शिविरमा  दुई  सय चालिस जनाले स्वास्थ्य परिक्षण गराएका छन् । परिक्षणमा एक सय ४५ जना महिला, ७८ जना पुरुष र १७ जना बालबालिका गरी दुई सय चालिस जनाले सेवा लिएका हुन् ।  शिविरमा क्या.डा. विजयप्रकाश श्रीवास्तव र डा. झपिन्द्र ढकालबाट स्वास्थ्य उपचार गरिएको थियो  ।

शिविरमा मुटु, मधुमेह, पेट सम्बन्धी उपचार र निशुल्क औषधी बितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । दुर्गममा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दा सेना र जनताबिचको सम्बन्धमा सुमधुर बन्ने विश्वास लिएको  गोरखदल गणका सूचना अधिकारी मनोज ढंगोलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ