arrow

बुद्धिमानलाई अल्छि लागे गर्छन् यस्तो उटपट्याङ आविष्कार

logo
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
ulpatang.JPG

काठमाडौं । कुनै कुराको अभाव वा समस्या हुन्छ भने त्यहाँ समाधानको रुपमा कुनै उपाय आउने गर्छ । यस्तोमा जब कुनै समस्याले पिरोल्छ, तब मानिसहरु त्यसबाट पार पाउने सोचमा डुब्न थाल्छ । केही बुद्धिमान् मानिस समस्यामा परेको खण्डमा भने त्यसबाट महत्वपूर्ण प्रविधिको पनि आविष्कार हुन सक्छ । तर यहाँ भने बुद्धिमानलाई अल्छि लागेर यस्तो उटपट्याङ आविष्कार गरेका छन् ।
 
चिच्याउने सुराही
कहिलेकाँही मानिसहरुलाई निकै ठुलो स्वरले चिच्याउन मन लाग्छ । यदि मन लागेको अवस्था चिच्याउने हो भने मानिसहरुलाई यसको स्पष्टीकरण दिँदैमा दिक्क लाग्न थाल्छ । यस किसिमको समस्याबाट पार पाउन चिच्याउने सुराही बनाए । यसमा मन खोलेर चिच्याउन सकिन्छ । यसमा चिच्याउँदा मानिसहरुलाई खासै ठुलो असर पनि गर्दैन
 
आईड्रप चश्मा
आँखामा औषधी हाल्दा आँखामा नपरेर बाहिरी भागमा पर्ने सम्भावना हुने र औषधी खेर जाने तथा आँखामा मात्रा नपुग्ने समस्या देखिएसँगै आईड्रपवाला चश्मा तयार गरिएको हो ।


हेड सपोर्ट
जो मानिसलाई अनुहारमा पनि हात राख्न अल्छि लाग्छ यो खास हात तिनिहरुको लागि बनाइएको हो ।
 
बिरालाको रौ राख्ने बाकस
बिरालोलाई माया गर्ने मानिसहरु उसका धेरै कुराको ख्याल गर्ने गर्दछन् । यस्तैमा एक व्यक्तिले बिरालाको रौ राख्ने बाकस बनाएका छन् । बजारमा यो बाकसलाई बेचन पनि थालिएको छ  । मानिसहरु यसमा बिरालोको झरेका रौ राख्ने गर्छन् ।
 
नोज स्ट्रेटनर
जो मानिस प्लास्टिक सर्जरी गर्न सक्दैनन् । उनिहरुको मनको इच्छालाई बुझेर यो नोज स्ट्रेटर तयार गरिएको हो । जसको नाक बाङ्गो हुन्छ त्यसलाई ठिक गर्नको लागि पनि यो प्लास्टिकको डिभाइस प्रयोग गर्न सकिनेछ ।
 
मशल्स शर्ट
शरिर बनाउने शोख सबैमा हुन्छ तर जिम जान भने अल्छि लाग्न सक्छ । यस्तो व्यक्तिहरुको लागि बाजारमा यो मशल्स शर्ट बनाइएको हो । जसमा बिना जिमनै शरिरलाई संगठित देखाउन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ