arrow

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई महिला नेतृको ज्ञापनपत्र 

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
rilochan-bhatta-province7-chief-minister.jpg

धनगढी। नेपाली काँग्रेसका महिला नेतृहरुले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारबाही लगायत दश बुँदे माग सहित सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। प्रदेश राजधानी कैलालीको धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर महिला नेतृहरुले हत्यारालाई कारबाही र महिला तथा प्रदेशको विकासका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। महिला संघकी पुर्व केन्द्रीय अध्यक्ष तथा पार्टीकी केन्द्रीय सदस्य र संघीय सांसद डा डिला संग्रौला नेतृत्वको टोलीले छाउपडी तथा बोक्सी प्रथा जस्ता कुरितीहरुलाई अन्त्य गर्न पनि माग गरेको छ। 

त्यसैगरी हरेक बालबालिका हिड्डुल गर्दा असुरक्षाको महशुस गर्नु नपरोस् र बालिकामाथि श्रखंलाबद्ध रुपमा भइरहेका घटनाहरुको दोषीहरुलाई तत्काल कार्यवाही गर्न पनि टोलीले. दवाव दिएको छ। प्रत्येक घरमा विद्युत सेवा पुर्‍याउन, दुर्गम स्थानसम्म यातायात सेवाको विस्तार गर्न, सडक दुर्घटना दुर्घटना न्युनिकरण गर्न पनि ज्ञापनपत्र मार्फत् मुख्य मन्त्रीको ध्यानाकर्षण गराइएको छ।

यही मंसिर छ गते देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुगेर छलफल गरी तयार पारेको ज्ञापनपत्रमा काँग्रेस नेतृ संग्रौलाले प्रदेशको विकासका बारेमा पनि मुख्यमन्त्री भट्टलाई सुझाव दिनु भएको छ। उनले प्रदेश भित्र पर्ने धार्मिकस्थल, नदी नाला, ताल, निकुञ्ज, फाँट, सास्कृतिक एवम् शक्तिपीठहरुको समुचित ब्यवस्थापन तत्काल गर्नु पर्नेमा जोड दिनु भएको छ।

त्यसैगरी जडीबुट्टी, खाद्यान्न, फलफूल आदिको विकासमा सरकारबाट जनतालाई उचित सहुलियत प्रदान गर्न पनि उहाँले माग गर्नु भएको छ। गाउँ गाउँमा पुग्दा महिला हिंसा, अन्धविश्वास एवम् सामाजिक कुरीति अझै पनि नराम्रोसँग गडेर बसेकाले त्यसलाई जरैबाट उखेल्नु पर्ने खाँचो ज्ञापनपत्रमा औल्याइएको छ।

जनताका आधारभूत आवश्यकताका रुपमा रहेका खाना, नाना र छानासँगै शिक्षा र स्वास्थ्य जस्ता सेवाहरु पनि तत्काल उपलब्ध गराउनु पर्ने टट्कारो आवश्यकता पनि आफुले भ्रमणका क्रममा देखेको काँग्रेस नेतृ संग्रौलाले उल्लेख गर्नु भएको छ। 

उनले ज्ञापनपत्रमा लेखेकिछिन्, “मूख्य मन्त्रीज्यू, हाम्रोको समूह सुदुर पश्चिमका ९ वटै जिल्लाहरुमा जनताबाट प्रत्यक्ष छलफल गरी तपाई सामु आएका हौं। हामीले ध्यानकर्षण गराएका विषयमा यहाँले गंभीरताका साथ कदम चाल्नुहुने छ भन्ने हाम्रो विश्वास छ।” प्रदेश अन्तर्गतका जिल्लाहरुको भ्रमणका क्रममा उहाँले पार्टीको भावी कार्यदिशा र राजनीतिक प्रस्तावका बारेमा पनि छलफल गर्नु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ