arrow

तिहारका लागि चिनियाँ सामान भोलिदेखि भित्र्याउने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1204978523.jpeg
रसुवा। नेपालीको दोस्रो ठूलो चाड तिहारका लागि स्थानीय व्यवसायीले चीनबाट पहिलो खेपमा भोलिदेखि स्याउ नेपाल भित्र्याउने तयारी गरेका छन् । 
 
नेपालमा भित्र्याउने स्याउ केरुङसम्म आइपुगेको र नेपाली कन्टेनरले भोलि रसुवागढी नाकाबाट नेपाल भित्र्याउने तयारी भएको नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलले जानकारी दिनुभयो । 
 
यस्तै, नेपाली व्यापारीले आयात गरेका चिनियाँ सामग्री चीनको सिगात्सेबाट केरुङतर्फ आउनेक्रम सुरु भएकाले काठमाडौँको बजारमा तयारी कपडासमेत विविध सामग्री तिहारभन्दा अगाडि लगभग १०० कन्टेनर भित्रिने समेत सचिव पौडेलले जानकारी दिनुभयो । 
 
रसुवागढी नाका खुलेपछि सीमानजिक टिमुरे क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र लिनका लागि स्थानीय बासिन्दा दिनहुँ भीड लाग्न थालेको अध्यागमन कार्यालय, टिमुरेले जनाएको छ । 
 
भूकम्पपछि सडक अवरुद्ध भई बेरोजगार बनेका स्थानीय बासिन्दा सडक खुलेपछि प्रफुल्लित भई आफ्नो नियमित व्यापार व्यवसाय अगाडि बढाइसकेको टिमुरे गाविसले जनाएको छ । 
 
यसैगरी, चीनबाट नेपाल आयात भएको पेट्रोलियम पदार्थ बोकेका नेपाल आयल निगमका १२ वटा ट्याङ्कर आज टिमुरेमा नै रहने र भोलि बिहान काठमाडौँ पठाइने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 
 
चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थको भन्सार महसुलबापतको शुल्क रु तीन करोड ६४ लाख नेपाल आयल निगमले भन्सार कार्यालयलाई बुझाइसकेको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ