arrow

प्रदेश सभाको बैठक मंसिर २६ गते बोलाउने तयारी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ मंसिर १७ सोमबार
pradesh-5_sava_hall1.JPG

बुटवल । प्रदेश ५ प्रदेश सभाको बैठक यही मंसिर २६ गते बस्ने भएको छ। मन्त्रिपरिषद् बैठकले २६ गते दिउसो १ बजे प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

२६ गते बैठक बसेपनि कात्तिक ४ गतेसम्मका लागि स्थगित हुने उनले बताए । कांग्रेस महासमिति बैठक भएकाले त्यसपछि मात्रै बैठक बस्ने तयारी गरिएको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले दाङ घोराही ८ ढिकापुर गाउँलाई वडा नम्बर ९ मा गाभ्ने प्रस्ताव आएकाले स्वीकृत गर्दै संघीय सरकारमा पठाउने निर्णय गरेको छ ।

सार्वजनिक खरिदसम्बन्धी कार्यविधि पारित गरेको छ भने प्रदेश सहकारी विधेयक सदनमा पेश गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ