arrow

हल्लाबाट आजित भएर नाइजेरियाका राष्ट्रपतिले भने, ‘म जिउँदै छु’

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १७ सोमबार
buhari.png

काठमाडौं ।  यदि कुनै मुलुकको राष्ट्राध्यक्षलाई ‘म जिउँदै छु’ भनेर स्पष्टकरण दिनुपर्‍यो भने कस्तो लाग्ला ? नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीलाई यस्तै भएको छ । 

उनी पोल्याण्ड भ्रमणको क्रममा छँदा उनलाई वास्तविक नाइजेरियाका राष्ट्रपति हो कि होइन भने प्रश्न गरियो । यसरी प्रश्न गर्नेमा पोल्याण्डमा रहेका नाइजेरियाका समुदाय थिए । 

उनले यो अफवाहको खण्डन गर्दै सामाजिक सञ्जालमा ट्वीट गरेर गलत हल्ला फिँजाउनेप्रति कटाक्ष पनि गरेका छन् । गत वर्ष उनी स्वास्थ्यको कारण बिदामा बसेको समयमा उनको मृत्यु भएको भनी हल्ला फिँजिएको थियो । 

पोल्याण्डको कार्यक्रममा बोल्दै उनले आफू वास्तविक रहेको र छिटै नै ७६ औं जन्मदिन मनाउने तयारीमा रहेको बताए । उनी कोप २४ क्लाइमेट समिटमा भाग लिन पोल्याण्ड गएका थिए । 

सामाजिक सञ्जाल फेसबुक ट्वीटरमा लोकप्रिय नेता बुहारीको मृत्यु भइसकेको र उनको स्थानमा बहुरुपी मानिसलाई राखिएको दाबी गरिएको थियो । बुहारीले यो अफवाहलाई अज्ञानता र अधार्मिक बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ