arrow

एपिक नेपाल म्युजिक अवार्ड नोमिनेशनमा पर्न सफल आधुनिक नब शब्द तर्फ ‘‘बिते कति रात’’

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
bitekati.JPG

पाल्पा  । एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट ५ नोमिनेशनमा गीतकार भोजराज पाण्डेको आधुनिक गीत ‘‘बिते कति रात’’ पर्न सफल भएको छ । ‘‘कला र गलाको संरक्षण हाम्रो अभियान’’ भन्ने नारा सहित एपिक नेपालले सार्वजनिक गरेको अपिक नेपाल म्युजिक अवार्डको मनोनयनमा पर्न सफल आधुनिक गीतको नव शब्दमा गीतकार भोजराज पाण्डेको ‘‘बिते कति रात’’ पर्न सफल भएको हो ।

एपिक नेपालले मनोनयनमा पर्न सफल बिभिन्न बिधाका मनोनयन सार्वजनिक गरेको छ । गीत संगितको दुनियामा गीतलाई चिनाउने बिभिन्न ६५ बिधामा अवार्ड प्रदान गर्ने तयारी सहित मनोनयन सार्वजनिक गरिएको अपिक नेपालका अध्यक्ष अमन श्रेष्ठले बताए ।

जसमध्ये पछिल्लो समय युटुवमा धेरै दर्शकले मन पराएर चर्चा कमाउन सफल नेपाल प्रहरीका प्रहरी निरिक्षक भोजराज पाण्डेको शब्द रहेको आधुनिक गीत बिते कति रात आधुनिक नब शब्द बिधा तर्फ नोमिनेशनमा पर्न सफल भएको हो । नेपाल प्रहरी जस्तो देशको सेवामा २४ सैं घण्टा खटिएर शान्ति सुरक्षा प्रदान गर्न तल्लिन रहनुपर्ने जिम्मेवारीका बिच आफ्ना प्रिय र प्रियसीले आफ्नो मान्छे बिना एक्लै दिन रात बिताउनुपर्दाको अबस्थालाई गीतमा समेटिएको छ ।

 अहिलेकी चर्चित आधुनिक गायिका मेलिना राईको आवाजमा रहेको यो गीतमा देशको रक्षामा खटिएका श्रीमान्सँग सँगै बस्न नपाउनुको पिडा गीतले बोलेको छ । आफु नेपाल प्रहरीको जागिरे समेत भएकाले सँगै बसिरहिदिए हुन्थ्यो भन्ने धेरैको चाहाना भएपनि कर्मठ सेवाले त्यो सम्भव नभएको भाव झल्काउदै पाण्डेले यस गीत लेखेका हुन् । जागिरको सिलसिलामा रुपन्देही, तनहुँ, पाल्पा सहित लामो समय काठमाडौंमा सेवारत पाण्डेले गाउँका टिपिकल शब्दलाई समेत महत्व दिदै यस गितको रचना गरेका छन् । बिते कति रात कोल्टे फेर्दाफेर्दै,आखाँहरु थाकी सके बाटो हेर्दाहेर्दै......नविन श्रेष्ठले संगित भरेको यस गीतमा आशा खड्का र अमन श्रेष्ठले अभिनय गरेका छन् ।

 जागिरे श्रीमान त्यो पनि हत्तपत्त घर बिदामा आउन नपाउने प्रियसीका मनमा उत्पन्न भावलाई मिठास ढङ्गले प्रस्तुत गरेका गीतकार पाण्डेको गीत एपिक नेपाल म्युजिक अवार्डको नोमिनेशसनमा परेको हो । यो गित सँगै अन्य ४ गीत नब शब्दबाट नोमिनेशनमा परेको छ । दर्शक स्रोताले युटुवमा निकै मायाँ गरेका कारण प्रतिस्पर्धामा पनि दर्शक स्रोताको माया पाउने बिते कति रात आधुनिक गीतका संकलन भोजराज पाण्डेले बताए । बिते कति रात सँगै पर्खाई परदेशीको,झझल्को, हावासरि र भर छैन तिम्रो माया पनि आधुनिक नब शब्दमा परेको छ ।

 एपिक नेपालका अध्यक्ष श्रेष्ठका अनुसार हरेक बिधामा ५ वटा मनोनयनमा परेको छ । उनले अवार्डमा गीतको राष्ट्रिय बिधा, आधुनिक, लोकदोहोरी, पप, पुर्वेली, तामाङ्ग सेलो, मेहेंदोमाया, काठेगीत, दशैंगित, देउडा लगायतका बिभिन्न बिधामा शब्द, निर्देशक, गायक, गायिका, संगित, अभिनय लगायत ६५ बिधामा अवार्डका लागि मनोनयन सार्वजनिक भएको हो । एपिक नेपालले गीत संगितलाई मायाँ गरि गीतसंगितलाई नै पेशा ठान्दै यसैमा संघर्ष गर्ने पुराना साथै नब कलाकारलाई पनि प्रोत्साहन गर्न अवार्डको व्यवस्था गरेको एपिक नेपालका सदस्य सचिब गोकर्ण लामिछानेले बताए । हरेक गीत संगितमा नब अर्थात यस क्षेत्रलाई कर्म बनाउने नयाँ संर्घषरतलाई पनि अवार्डको व्यवस्था गरेको जनाएको छ । एक हप्तापछि भोटिङ्ग खुला हुने र पुष अन्तिम हप्ता अवार्ड प्रदान गरिने तयारीका साथ आफुहरु लागेको लामिछानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ