arrow

निर्मलाको न्यायको लागि दिउँसै टर्च बालेर सरकारको विरोध

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर १९ बुधबार
torch.jpg

कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको भीमदत्त– २ उल्टाखामकी १३ वर्षिया बालिका र्निमला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बित्नै लागेको छ । हत्याराको पहिचान नगरेको भन्दै कञ्चनपुमा नागरिक सङ्घर्ष समतिले सोमबारदेखि दोस्रो चरणको आन्दोलन थालेको छ । निर्मलाका हत्यारा सार्वजनिकको माग राख्दै सोमबारदेखि थालिएको नागरिक संघर्ष समितिको आन्दोलनको शैली पनि दिनानुदिन सरकारप्रति लक्षित बन्दै गएको देखिन्छ ।

प्रशासनको मुल गेटमा धर्ना दिइरहेका नागरिकले बुधबार स्थानीय सहित अधिकारकर्मीहरुले न्याय हराएको भन्दै दिउँसै टर्च बालेर प्रर्दशन र धर्ना दिएका छन् । गत कात्र्तिक २५ गते देखि अनिश्चित कालीन धर्नामा बसेका निर्मलाको परिवार स्थानीय र महिला अधिकारकर्मीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् ।  महिला अधिकारकर्मी तथा  नागरिक संघर्ष समितिका सदस्य शारदा चन्दले न्याय हराएको भन्दै टर्च बालेर बजार परिक्रमा गरेको कताए ।

सडकमा सुतेर आन्दोलन गरेको बताए । ‘पोल पोलमा सरकार, टोल टोलमा बलात्कार’, ‘न्याय मर्न दिदैनौ’ जस्ता नारा लगाउदै न्याय हराएको भन्दै टर्च बालेर बजार परिक्रमा र जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको उनले जानकारी दिए । न्यायका निम्ति हरेक क्षेत्रबाट माग गर्दा पनि सरकारले उदासिनता देखाएको भन्दै न्यायको माग गर्दै स्थानीय महिला अधिकारकर्मी चरणवद्ध आन्दोलनमा छन् । उनीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको फोटो अंकित तस्वीर पनि बोकेको थिए ।

घटनाको भएको चार महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन दोहोरो आन्दोलन थालेको संघर्ष समितिले जनाएको छ । महिला अधिकारकर्मीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताएका छन् । उनीहरुले न्याय मर्न नदिने बताउदै न्यायका लागी संघर्ष जारी राख्ने बताए। अधिकारकर्मीहरुले निर्मला जस्ता छोरीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।


यसअघि, नागरिक संघर्ष समितिले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाधेर विरोध,मङगलवार रोडमै सुतेर विरोध जनाएका थिए । तर, बुधबार भने संघर्ष समितिले हराएको न्याय खोज्न लागेको भन्दै टर्च बालेर विरोध प्रदर्शन गरेका छन् ।


धर्नाका क्रममा निर्मलाका बुवा यज्ञराजको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँमा उपचाररत छन् । निर्मलाकी कान्छी आमा लक्ष्मीले अनिश्चितकालिन धर्नालाई निरन्तरता दिएकी छन् ।नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले न्याय नपाउँन्जेल आन्दोलन जारी राख्ने बताए ।  संघर्ष समितिले सार्वजनिक गरेको चार दिने शान्तिपुर्ण आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार मानव साङ्लो बनाउने कार्यक्रम रहेको नागरिक संघर्ष समिति हत्याराको पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै महेन्द्रनगरका स्थानीय, महिला अधिकारकर्मीहरु चरणबद्ध आन्दोलनमा छन् ।

सोमबारदेखि थालिएको धर्नाका कारण सेवाग्राही भने मारमा परेका छन् । नागरिक संघर्ष समितिको धर्नामा कलाकार बुद्धिजीवी, शिक्षक  लगायतले समेत साथ दिएका छन् । नागरिक संघर्ष समितिको धर्नाका कारण प्रशासनको कामकाज प्रभावित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ