arrow

हिरक महोत्सवको तयारी तीव्र

logo
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर १९ बुधबार
harit-mohatsab.jpg

गुल्मी । गुल्मीको एक विद्यालयमा हुन गइरहेको हिरक महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढिरहेको छ ।

मुसिकोट नगरपालिका ७ वामीटक्सारमा रहेको महेन्द्र आर्दश माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको ६० बर्षमा प्रवेश गरेको अवसरमा आउँदो फाल्गुन १३ देखि २० सम्म सञ्चालन हुने हिरक महोत्सव एवं श्रीमद्भागवत धन धान्याचल सप्ताह ज्ञान महायज्ञको लागि यतिबेला आवश्यक पर्चा र ब्यानरको निर्माण कार्य अगाडी बढेको तयारीको प्रारम्भिक चरणको करिव २० प्रतिशत आवश्यक व्यवस्थापनको कार्य अगाडी बढिरहेको र विदेशमा छरिएर रहेका यस क्षेत्रका नेपालीहरुसँग सहयोगका बारेका छलफल भइरहेको हिरक महोत्सव मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।

विद्यालयलाई प्राविधिक तर्फको इन्जिनियरिङ्ग विषयको सञ्चानार्थको लागि  हिरक महोत्सव तथा श्रीमद्भागवत धन धान्याचल सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको हिरक महोत्सवका संयोजक काफ्लेले जानकारी दिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ