arrow

निर्वाचन आयोगविरुद्ध नेकपा सर्वोच्च अदालत जाने

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
supreme-court-news.jpeg

काठमाडौं । निर्वाचन आयोग विरुद्ध  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालत जाने भएको छ । बुधबार नेकपाले विज्ञप्ति जारी गर्दै  निर्वाचन आयोगको कदमका विरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने जनाएको छ ।

नेकपाका केन्द्रीय सचिव रत्नप्रसाद जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा हाम्रो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ ।'

जोशीले  त्यसका लागि २०७५ साल मंसीर २० गते बिहीबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ