arrow

रामतुलसीको स्वर्ण महोत्सवमा प्रचण्ड आउने

स्वर्ण महोत्सबको तयारी तिब्र

logo
सीता डोटेल,
प्रकाशित २०७५ मंसिर १९ बुधबार
school2.jpg

पाल्पा (रामपुर) । पाल्पाको पूर्वी क्षेत्रको हाइस्कुलको रुपमा चिनिएको रामतुलसी माध्यमिक विद्यालयको  स्वर्ण महोत्सवमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् । मुलुकको परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेका पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष दाहाल रामपुर क्षेत्रमा पहिलो पटक आउने भएपछि बिद्यालयले तयारीलाई तिब्र पारेको बिद्यालयका प्रध्यानाध्यापक बालकृष्ण लम्सालले बताए ।

रामपुर नगरपालिका वडा नम्बर ५ बेझाँडमा रहेको बिद्यालयले स्थापनाको ५० बर्ष पुरा गरेको अबसरमा आउदो मंसिर २४ देखि पुस १ गते सम्म मनाउन लागेको स्वर्ण महोत्सवको समापनका अबसरमा अन्तिम दिन दाहाल आउने प्रध्यानाध्यापक लम्सालले जानकारी दिए । विद्यालयले स्वर्ण जयन्तीलाई शैक्षिक उन्नयनको लागि अवसरको रुपमा लिएको छ लम्सालले भने–तयारीका लागि विद्यालयले विभिन्न उपसमिति गठन गरेर परिचालन गरेको छ ।
 
यस क्षेत्रको पहिलो माध्यमिक विद्यालयको रुपमा स्थापित विद्यालयको स्वर्ण महोत्सबको मिति नजिकिदै जाँदा बिभिन्न तयारी समितिले आफ्ना गतिविधिलाई क्रियाशिल बनाएको छ । नेपाल सरकारले नमुना बिद्यालय घोषणा गरिसकेको यो बिद्यालय क्षेत्र महोत्सवको अबसरमा झन् रङ्गरोगनले चिटिक्क पारिएको छ । स्वर्ण स्मारक निर्माण, स्मारिका प्रकाशन, शैक्षिक गतिविधि प्रदर्शन, मञ्च व्यवस्थापन, झाँकी प्रर्दशनको तयारीलाई समितिले जोड दिएको छ । यसैबिच विद्यालयले सरोकारवाला निकाय र स्थानिय समुदाय संगको समन्वय गरिरहेको छ ।  

आउदो मंसिर २४ गते वैद्धिक विधि पूर्वक सरस्वती पुजा गरि स्वर्ण जयन्तीको शुभारम्भ गर्ने साथै मंसिर २९ गते सम्म आन्तरिक तथा अन्तर विद्यालय स्तरिय विविध प्रतियोगिता गर्ने बिद्यालयले जनाएको छ । २९ गते दिउँसो २ बजे पुर्व बिद्यार्थी पुर्नमिलन कार्यक्रमको आयोजना गरिएको छ । समापनको अबसरमा दाहालको उपस्थितिमा पुस १ गते समापनको दिन भव्य समारोह आयोजना गरिएको छ । दाहालको आगमनले रामपुर क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने आशा लिइएको छ ।

 विद्यालयले स्वर्ण महोत्सवको तयारी संगै प्रचार प्रसारलाई पनि तिव्रता दिएको प्रचार प्रचारप्रसार समिति संयोजक लेखनाथ शर्मा मरासिनीले बताए ।
 
२०२५ सालमा स्थापित विद्यालयमा हाल कक्षा १ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा र कक्षा ११÷१२ मा विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी संकायका कक्षा सञ्चालन गर्दै आएको छ । साथै प्राविधिक धारको ३ वर्षे कृषि बाली विज्ञान अध्यापन हुँदै आएको छ ।  बिद्यार्थीले बिद्यालयमा नै बिभिन्न बाली तथा तरकारी समेत उत्पादन गर्दै आएका छन् ।

नेपालको पूर्व देखि पश्चिम क्षेत्र सम्मका गरि बिद्यालयमा झण्डै २ हजार विद्यार्थी अध्ययन गर्दै आएको बिद्यालयका सहायक प्रध्यानाध्यापक भेषराज अर्यालले बताउनुभयो । यस बिद्यालयमा शिक्षा हासिल गरेका पुर्व बिद्यार्थी हाल नेपाल सरकारको उच्च ओहोदा सम्म पुगेका छन् भने बिद्यालयले हजारौं जनशक्ति उत्पादन गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ