arrow

धनगढीमा प्रदेशिक स्वास्थ्य कार्यालय स्थापना

logo
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर १९ बुधबार
pradesh-hospital.jpg

धनगढी । सुदूरपश्मि प्रदेशमा संघीय संरचना अनुसार प्रदेश स्वास्थ्य कार्यालय कैलालीको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ। सरकारले साविकका देशभरका जिल्ला स्वास्थ्य कार्यालय खारेज गरी ती कार्यालयको भूगोल हेरफेर गर्दै ३५ वटा प्रादेशिक स्वास्थ्य कार्यालय खोल्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलालीमा पहिलो स्वास्थ्य कार्यालय स्थापना गरेको हो। कैलालीको धनगढीमा कैलाली र कञ्चनपुरलाई हेर्ने गरि स्थापना भएको स्वास्थ्य कार्यालयको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्।

मन्त्री सुवेदीले कार्यालयले आधारभुत स्वास्थ्य समस्या समाधान गर्ने अपेक्षा व्यक्त गरे। उनले जनताले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको गुनासो नआउने गरि कार्यालयका कर्मचारीहरुलाइ काम गर्न आग्रह गरे।

नेकपाका प्रदेश प्रमुख सचेतक तारालामा तामाङले कर्मचारीलाई निस्वार्थ भावले सेवा दिन आग्रह गरे। मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कार्यालय स्थापनाले संघीयता कार्यान्वयनमा टेवा पुगेको बताए। उनले प्रदेश सरकारले काम द्रुत गतिमा अघि बढाउन कार्यालय स्थापना गरिरहेको बताए।

प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालको अध्यक्षतामा कार्यक्रम भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ