arrow

निर्मला हत्या प्रकरणमा नयाँ ट्वीष्ट, छिमेकी केटो काठमाडौंमा पक्राउ !

‘लागुऔषधमा लागेका तीन केटाको पनि डिएनए लिइयो’

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
nirmala1.JPG

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले नयाँ ट्वीष्ट गरेको छ। निर्मलाका हत्यार सार्वजनिक गर्न नसकेको भन्दै देशव्यापी ‘पोष्टर’ आन्दोलन चर्किएपछि प्रहरीले नयाँ ट्वीष्ट गरेको हो। 

प्रहरीका अनुसन्धान अधिकारीले कञ्चनपुरमा संकास्पद तीन जना पक्राउ परेको र काठमाडौंमा प्रदीप रावल नाम गरेका निर्मलाकै छिमेकी एक युवक पक्राउ परेको सूचना चुहाएका छन्। तर, यो पक्का पक्की खबर हो भनेर प्रहरी भन्नै मानिरहेको छैन। कञ्चनपुर प्रहरी त झन् मुखै खोल्दैन। त्यसैले यो आन्दोलन छल्न आएको एउटा ट्वीष्ट हो, पनि भनिँदै छ।  

अनुसन्धानमा संलग्न अधिकारीहरुले निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, भनेका छन्। यो कुरा त गृहमन्त्रीले उहिल्यै संसदमा भनिसकेका थिए। अहिले बलात्कारपछि हत्या गरेको शंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेको र अन्य तीनजना महेन्द्रनगरमै पक्राउ परेको भनिएको छ। 

उनीहरू सबै लागुऔषध दुव्र्यसनी रहेको र केहीले आफुहरुले नै अपराध गरेको भनेको, अपुष्ट खबर प्रहरीले नै दिएको छ। तर, प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पक्राउ परेको नभन्नुस्, भने। उनले आफुहरु करिब–करिब अपराधी नजिक पुगिसकेको र यसको तथ्य चाँडै सार्वजनिक गर्ने बताए। उनका अनुसार पक्राउ परेको भनिएकाहरु डिएनए परीक्षण र अन्य अनुसन्धानको लागि नियन्त्रणमा लिइएकाहरु हुन्। उनले फेरि पनि भने, ‘पक्राउ परेको भनेर नभन्नु होला।’ अनि काठमाडौँमा पक्राउ पर्नेको नाम किन खुलाईएको ? जवाफमा उनले भने, ‘म कहाँ त्यसको जानकारी आएको छैन। नामै किटान भएको हो भने त हामी सार्वजनिक गरिहाल्छौँ नि।’ नाम नआउनु पर्ने हो, अनुसन्धानकै क्रममा रहेका भित्रिकुराहरु भन्न मिल्दैन, उनले अगाडि भने, ‘कसैले भनेको भए। त्यसरी भन्न नहुने हो।’

कञ्चनपुर प्रहरी यसबारे बोल्नै चाहेन। कञ्चनपुरका पत्रकार लक्ष्मण तिवारीका अनुसार पक्राउ परेका भनिएका ३ जना डिएनए परीक्षणका लागि नियन्त्रणमा लिइएकाहरु हुन्। उनीहरुको नमुना लिएर केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।

यसअघि पनि ४ जनाको डिएनए परीक्षण गरिएकामा निर्मलाको भजाइनल स्वाबसँग मेल खाएन। भन्नलाई, स्थानीयले दिएको सूचनाका आधारमा ती युवालाई पक्राउ गरिएको भनिएको छ। तर, वास्तविक कुरा प्रहरीले भनेको छैन। केही युवाले आपसमा आफुहरुले गरेको गल्तीमा प्रहरीले अरूलाई दुःख दिएको भन्दै खुस्रुक खुस्रुक कुरा गरेको र त्यो कुरा सुनेका स्थानीयले प्रहरीलाई चुक्ली लगाएको भन्छन्, अनुसन्धान अधिकारी।

ती चार जना भारत भागेर बसेका पनि स्थानीयले प्रहरीलाई भनेका बताइँदैछ। ती चारै जनाको डिएनए नमुना भने लिइसकिएको छ। गत १० साउनमा साथीको घरमा गएकी निर्मलाको भोलिपल्ट ११ गते उखुबारीमा शव भेटितएको थियो। 
घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले दसी प्रमाण नष्ट गरेको भन्दै आन्दोलन चर्किएको थियो। सरकारले विभिन्न अनुसन्धान टोली खटाएपछि त्यसमा संलग्न प्रहरी अधिकारी निलम्बनमा परे। दुई जना फेरि पनि सरकारी सेवाको लागि योग्य हुनेगरी बर्खास्त भएका छन्। अहिले देशभर निर्मलाको न्यायका निम्ति दबाब अभियान चलिरहेको छ, जसले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैलाई सोधपुछमा उतारेको छ। उनी आफै सोधपुछमा खटिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ