arrow

‘छोरी बचाउ अभियान’ सञ्चालन

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
girl.jpeg

विराटनगर । म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बताए । उक्त अस्पतालले ज्येष्ठ नागरिक सम्मान सेवा कार्यक्रम पनि सञ्चालन गरेको छ । 

सो बमोजिम ७० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकलाई अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था गर्नाका साथै शहीद परिवार सम्मान सेवाअन्तर्गत विभिन्न चरणका आन्दोलनमा घाइते अङ्गभङ्ग भएका तथा शहीद परिवारलाई अस्पतालको सबै सेवामा २५ प्रतिशत छुटको घोषणा गरिएको बुधबार यहाँ आयोजित र सम्मेलनमा जनकारी दिइयो । 

आफ्ना सेवाहरु विस्तार गर्दै लैजाने योजनामा रहेको महेन्द्र चोकस्थित सो अस्पताल निर्माणमा रु ११ करोड ५० लाख खर्च भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ