arrow

ह्वावेइ कम्पनीकी उपाध्यक्ष क्यानडाद्धारा पक्राउ, रिहा गर्न चीनको आग्रह 

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
huwae-vice-president.jpeg

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी ह्वावेइकी वरिष्ठ अधिकारी पक्राउ परेकी छिन् । क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख एवं ह्वावेइकी उपाध्यक्ष मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको क्यानडाको न्यायमामिलासम्बन्धी मन्त्रालयले ढिला गरी बताएको छ ।

ह्वावेइकी संस्थापककी छोरी रहेकी मङ्गलाई अमेरिका सुपुर्दुगी गराउनेसम्बन्धी एउटा सुनुवाई शुक्रवार हुँदैछ । ह्वावेइले मङ्गमाथि लगाइएका अभियोगहरूबारे आफूसँग निकै कम जानकारी भएको र उनले गल्ती गरेकोबारे जानकार नभएको बताएको छ ।

एउटा हवाई उडानबाट अर्को हवाई उडानका लागि गइरहेका बेला उनलाई नियन्त्रणमा लिइएको सो कम्पनीले बताएको छ ।

हिरासतमा लिइएकोबारे प्रकाशनमा रोक लगाउनेसम्बन्धी मङ्गले गरेको आग्रह र अदालतहरूको आदेश भन्दै मङ्गलाई हिरासतमा लिइएको विषयबारे क्यानडाका न्यायमामिला मन्त्रालयका प्रवक्ताले थप खुलाउन अस्वीकार गरेका छन् । चीनले मङ्गलाई तत्कालै रिहा गर्न माग गरेको छ । 

ओटावास्थित चिनियाँ दूतावासले उनले कुनै पनि अमेरिकी वा क्यानेडेली कानुनको उल्लंघन नगरेको बताएको छ ।

अमेरिकी सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार ह्वावेइले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै उसमाथि छानबिन चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ