arrow

भारतमा खुल्ला दिशा पिसाब रोक्न ट्रम्पको नाममा अभियान

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
trump-gram.JPG

काठमाडौं । भारतको गाँउ-गाँउमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा अभियान चलाइएको छ। ट्रम्पको नाममा खुल्ला दिशा पिसाब मुक्ति अभियान चलाइएको हो ।  

 गैर सरकारी संस्था सुलभ इन्टरनेशनलले खुल्ला दिशा पिसाब मुक्ति अभियान चलाइ रहेको छ । त्यसको लागि संस्थामा अनुदान भारत-अमेरिकी समुदायले गर्ने गरेको छ । प्रवासी भारतीयहरुसँग आर्थिक मद्दत लिएर संस्था भारतको गाँउ गाँउमा शौचालय बनउने काम गरिरहेको छ । यसै अभियान अनुसार संस्था राजस्थान र हरियाणा लगायत देशका विभिन्न गाँउका नाम ट्रम्पको नाममा राख्ने प्रयास भै रहेको बताइएको छ ।  ताकि अमेरिकिहरु माथि प्रभाव गर्न सकियोस् ।

यसै अन्तर्गत हरियाणाको मरोडाको नाम 'ट्रम्प ग्राम' रखिएको छ । तर सरकारी  रुपमा भने गाँउको नाम बदलिएको होइन । खेतमा राखिएको ट्रम्पको पोस्टरले मानिसहरुमा गज्जबको उत्साह भरेको छ ।

मरोडामा गरीबिका रेखामुनी रहेका १६० घरमा  शौचालय थिएन । गाँउका छोरी - बुहारीलाई  घरमा शौचालय नभएपछि बर्षोसम्म लाजको सामना गर्ने परेको थियो । अब यी घरमा ट्रम्पको नाममा शौचालय बनाइएको छ । गाँउका केटाकेटि अब ट्रम्पको नाम र पोस्टरमा को छ थहा पाउन थालेका छन् । उनिहरु गाँउको नाम डोनाल्ड ट्रम्पको नामबाट चिनिएकोमा खुशी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ