arrow

नगरपालिकाले गर्‍यो हाते ट्रयाक्टर वितरण

logo
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
Screenshot_2018-12-05-19-33-36_1.jpg

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कृषकहरुका लागि आधुनिक मिनि टिलर अर्थात हाते ट्रयाक्टर वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समुहलाई खेतबारी जोत्न प्रयोग गरिने ९ वटा मनि टिलर हाते ट्रयाक्टर  वितरण गरिएको हो ।

बुधवार नगरपालिकामा एक कार्यक्रम  गरि प्रत्येक वडा एक÷एक जना गरि ९ वटा मिनि टिलर हाते ट्रयाक्टर  वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

साथै वडा कार्यालयमा आएका निवेदनका आधारमा व्यक्ति र समुहहरुलाई वडाले सिफारिस गरे अनुसार कृषक तथा कृषक समूहलाई मिनि टिलर वितरण गरिएको  अधिकृत भण्डारीले बताए ।

उनका अनुसार टेण्डर प्रक्रियाबाट मिनि टिलरहरु रु ७५ हजारमा खरिद गरिएका हाते ट्रयाक्टरलाई  नगरपालिकाको ३७ हजार, ५ सय र व्यक्ति वा समूहको ३७ हजार, ५ सय योगदान रहने भएको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएका हाते ट्रयाक्टरले कृषकहरुका लागि खोनजोतमा  सहजता र कृषि क्षेत्रमा उत्पादन वृद्धि हुनेमा थप बल पुग्ने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ