arrow

निर्मलाका लागि न्याय माग्दै मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन

logo
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
gor-nirmala.jpg

धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भएको छ ।

 नागरिक समाजको नेतृत्वमा मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यालय अगाडि प्रदर्शन गरिएको हो । पन्तको हत्यारालाई पक्राउ गरी तत्काल कडा कार्वाही गर्न सरकारलाई दवाव दिँदै देशभर प्रदर्शन भैरहेको छ । गत साउन १० गते साथीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलीपल्ट उखुबारीमा शव भेटिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ