arrow

नासा पनि सिक्दै छ संस्कृत, कारण यस्तो

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
nasa1.jpeg

काठमाडौं । राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) मा  संस्कृत सिक्ने काम भै रहेको बताइएको छ । नासमा रहेको एक रिसर्च टीम संस्कृतको सागरमाबाट नयाँ खोजको सुरुवात गर्न गैरहेका छन् । उनिहरु संस्कृतबाट अरु केहि विकास गर्न सकिन्छ कि भन्नेमा अध्ययन गरिरहेका छन् ।

विश्व भाषाको इथियोलोगु सूचीका अनुसार विश्वमा करिब ६ हजार ९ सय भाषा रहेका छन् । जसमध्ये चाइनीज भाषालाई सबैभन्दा धेरैले बोल्छन् । त्यस्तै फ्रेन्च र इटालियन भाषा सबैभन्दा सुन्दर रहेको बताइने गरिएको छ ।

संस्कृत आफैमा विशाल र विकराल भाषा हो । संसारका कुनै पनि भाषामा यती धेरै शब्द छैन जुन संस्कृतमा रहेको छ । अहिलेसम्म संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भएको छ । जानकारहरुका अनुसार यदि कम्प्यूटरमा यस भाषाको प्रयोग भए  भाषाको दायरा अझै बढाउन सकिनेछ । संस्कृतमा अन्य भाषाको तुलनामा कम शब्द मै कुरा गर्न सकिन्छ ।

यूनिभर्सिटि अफ शिकागो ओक एमआईटी जस्ता संस्थानले अहिले संस्कृत सिकाइ रहेका छन् । यस बाहेक नासामा पनि एक विभाग छ जुन प्राचीन संस्कृतमा लेखिएको हस्तलिपी माथि रिसर्च गरिरहेको छ । संस्कृत संसारमा बोलिने सबै भाषामा सबैभन्दा स्पष्ट बोलिने ल्याङवेज रहेको नासाको बुझाइ रहेको छ । नासा छैठौं र ७औँ जनरेशनमाथि काम गरिरहेको छ जुन संस्कृतममा आधारित हुनेछ । यसैकारण संस्कृत र गहराईमा बुझ्न नासा संस्कृतमा लेखिएको ६० हजार पाडुलिपिहरु माथि पनि रिसर्च गरिरहेको छ ।

संस्कृतले मेमरी पावर बढाउछ । जुन विद्यार्थी संस्कृत पढ्छ उ अर्को विद्यार्थीको तुलनामा छिटो गणित र विज्ञान जस्ता बिषय बुझ्न सक्छ । त्यसैले विश्वका कयौ इन्टरनेशनल स्कूलले संस्कृत भाषालाई अनिवार्य बनाएका छन् । केहि रिसर्चमा पनि संस्कृत बोल्ने वा  पढ्नाले हाम्रो शरीर भित्र एनर्जी प्वाइंट जाग्ने देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ