arrow

हुवावेकी उपाध्यक्ष पक्राउ

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
wanzhou-meng-file-exlarge-169.jpg

काठमाडौं । चीनको स्मार्टफोन कम्पनी हुवावेको उपाध्यक्ष तथा मुख्य वित्तीय अधिकारी मेङ्ग वाङ्गझूलाई पक्राउ गरिएको छ । उनलाई १ डिसेम्बरमा  क्यानडाको वेन्कोयवरमा पक्राउ गरिएको हो ।

 उनलाई अमेरिकालाई हस्तान्तरण गरिनेछ । समाचार संस्था रोयटर्सका अनुसार वाङ्गझू माथि ईरान बिरुद्ध लगाइएको अमेरिकी प्रतिबन्ध उल्लंघनको आरोप लगाइएको छ। अमेरिका न्याय विभागले बुधवार सो को जानकारी दिएको छ ।

मेङ्ग वाङ्गझू माथि कुन प्रकारको आरोप लगाइएको हो सो भने स्पस्ट भइसकेको छैन ।  क्यानडाका न्याय विभागका अनुसार मेङ्गले उनिसँग सम्बन्धित तथ्य प्रकाशनमा रोकको माग गरेकी छन् । उनको जमानतमाथि शुक्रवार सुनवाई हुनेछ । चीनले उनको  तुरन्त रिहाईको माग गरेको छ ।

उपाध्यक्ष मेङ्ग हुवावे कम्पनीको संस्थापक रेन झेङ्गफेको छोरी हुन् । हुवाले मेङ्गको पक्राउको पुष्टि गर्दै कम्पनीले केहि गल्ति नगरेको जनाएको छ ।

मेङ्गको गिरफ्तारीलेअमेरिका र चीनको सम्बन्धमा दरार अझ बढ्न सक्ने अनुमान गरिएको छ । हालै दुई देशका राष्ट्रपति जी-२० समिटमा भेट गरेका थिए । सो क्रममा  ट्रेड वार ९० दिनका लागि रोक्ने सहमति भएको थियो ।

रोयटर्सका अनुसार अमेरिकी संस्था दुई बर्षदेखि हुवावेमाथि अनुसन्धान गरिरहेको छ । हुवावेले अमेरिकी उत्पादन ईरान पठाएको अमेरिकाको आरोप रहेको छ । यो यूएसको निर्यात र प्रतिबन्ध कानुनको उल्लंघन रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ