arrow

बालबालिका पढ्ने विद्यालयमै चरम लापरवाही : भित्र बालबालिका बाहिर भोजभतेर

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
school-compound.jpg

पाल्पा । जिल्लामा रहेको बााल मन्दिर प्राथमिक विद्यालय दरवार  परिसरमा विद्यालय समयमा भोज भतेर, विवाह बर्तवन्ध जस्ता कार्यक्रम सञ्चालन गरेको पाइएको छ । बुधवार विद्यालय समयमा गुफा कार्यक्रमको लागि भोज पकाईरहेको अवस्था पाईएको हो । विद्यालय शान्ति क्षेत्र भनिए पनि यहाँ प्राय जसो भोज भतेर, विवाह वर्तबन्धन हुने गरेको पाईन्छ ।

 बुधवार विद्यालय समयमा गुफा कार्यक्रमको लागि भोज पकाईरहेको अवस्थामा जिल्लाका  सरकारवालाहरुले भने विद्यालय प्रशासनलाई भोज भतेर सञ्चालन नगर्न अनुरोध गरेका छन्  ।  विद्यालय हो भने विद्यालय जस्तो गरी चलाउनु पर्‍यो, भोज भतेर चलाउन हल भाडामा दिने हो भने विद्यालय बन्द गरी भोज भतेर सञ्चालन गरी आम्दानी गर्नु पर्‍यो शिक्षक अभिभावक संघका अध्यक्ष विशाल दर्लामीले भने  ।

 बालमन्दिर परिसरमा पाटी प्यालेस जस्तै भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सहितको टोलीले विद्यालय समयमा भोज भतेर नगर्ने निर्यण गरेको थियो । विद्यालय व्यस्थापन समिति, शिक्षक अभिभावक समितिको बैठकमा समेत विद्यालय सयममा भोज भतेर नगर्ने निर्यण विपरित क्रियाकलाप भएको शिक्षक अभिभावक संघका अध्यक्ष दर्लामीले बताए ।  

विद्यालय विदाको समयमा मात्र हल भाडामा दिने निर्यण भएको उनले  जानकारी दिए  । विद्यालयकी प्रधानाध्यापक पार्वती पौडेले हल  भाडा दिने विषयमा आफु संग सरोकार नभएको  सञ्चालक समितिले निर्यण गर्दै भाडा दिदै आएको बताईन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष मिनबहादुर केसीले विद्यालय समय पछिको लागि मात्र कार्यक्रम बुकिङ्ग गरिएको बताए ।

विद्यालय समयमा पढाईमा बाधा नपरोस भनी गित बजाउन, नाचगान गर्न डेक स्पिकर बजाउन नदिएको अध्यक्ष केसीले जानकारी गराए  । विद्यालयका ४ जना नीजि क्षेत्रका शिक्षक र २ जना कार्यालय सहयोगीको तलव हलभाडा मार्फत भुक्तानी गर्दै आएको केसीले बताए ।

सरकारी दरवन्दीका २ जना मात्र शिक्षक भएको र अन्य शिक्षक र कर्मचारी नीजि क्षेत्रबाट व्यबस्थापन गर्नुपर्ने बाध्यता भएकाले अतिरिक्त आम्दानी नभए विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष केसीले बताए । पढाईमा बाधा नगर्ने गरी हल भाडाँमा दिएको उनले  जानकारी गराए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ