arrow

अब युरीनबाट चार्ज हुनेछ मोबाइल फोन

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
mobile-charge.jpeg

काठमाडौं ।  बीबीसीको एक रिपोर्टका अनुसार वैज्ञानिकहरुले एक प्रविधिको खोजी गरेका छन् जसको माध्यमले मोबाइल युरीनबाट चार्ज हुनेछ । ब्रिटेनको ब्रिस्टल रोबोटिक्स ल्याबमा केहि वैज्ञानिकहरुले यस प्रयोगमा सफलता प्राप्त गरेका छन् । उनिहरुले  युरीनलाई कसरी करेन्टमा परिवर्तन गर्न सकिन्छ भनेर प्रयास गरेका थिए ।

वैज्ञानिकहरुले केहि इलेक्ट्रो एक्टिभ माइक्रोअर्गिज्मलाई केहि सिलेण्डरमा भरे । यो त्यो माइक्रोअर्गिज्म हो जुन गनाउने पानी वा पिसाबमा पाइन्छ । वैज्ञानिकहरुले यसबाट इलेक्ट्रोन तयार गरे । यो इलेकट्रोन त्यो हो जसबाट बिजुली निकाल्न सकिन्छ ।

रिपोर्टका अनुसार सो प्रविधिको माध्यमबाट २ लीटर युरीनले ० देखि ४० किलोवाट बिजली निकाल्न सकिन्छ । जुन एलईडी लाइट वा मोबाइललाई चार्ज गर्न पर्याप्त हुनेछ ।
 
यस समय वैज्ञानिकहरु कसरी यसलाई उपभोक्ता अनुकूल बनाउन सकिन्छ भन्ने प्रयासमा लागेका छन् ।  वैज्ञानिहरुको सो प्रयासपछि, चाँडै ती उत्पादनहरूको बारेमा तपाईंले सुन्नुहुनेछ। जसबाट तपाई मोबाइल चार्ज गर्न सक्नुहुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ