arrow

व्यवसायीको निर्वाचनमा विकासे एजेण्डा

logo
नारायण रिजाल,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
Photo_Babwasai.jpg

बागलुङ । यतिबेला बागलुङ बजारमा व्यवसायीहरुको चुनावी माहोल बढेको छ । संघको १७ औं महाधिवेशन आगामी शनिबार हुँदैछ । उम्मेदवारको मनोनयन दर्ता पनि भै सकेको छ ।

अध्यक्षका उम्मेदवारहरु आफ्नो प्लानल घोषणा गरी बजारका व्यवसायीसँग भोट माग्दै हिँडिरहेका छन । निर्वाचनका लागि अध्यक्ष पदमा बर्तमान बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र महासचिव दयाराम पौडेल छुट्टा छुट्टै प्यानलका साथ अगाडी बढिरहेका छन । नेपाली काँग्रेससहित राजमो, नयाँशक्ति र राप्रपा मिलेर बर्तमान बरिष्ठ उपाध्यक्ष राजभण्डारीको नेतृत्वमा एउटा टिम अगाडि सारेको छ । त्यसैगरी नेकपाले महासचिव दयाराम पौडेललको नेतृत्वमा एउटा टिम अगाडि सारेको छ महाधिवेसनमा सर्वसम्मत नेतृत्व चयन गर्ने समय गुज्रिएपछि व्यवसायीहरु प्यानल बनाएर मतदान जाने निधोमा पुगेका हुन् ।
 
व्यवसायीको हकहित भन्दा विकासे एजेण्डा बढि
निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो प्रतिवद्धता पनि सार्वजनिक गरेर उम्मेदवारहरु हरेक व्यापारीको घरदैलोमा पुगेका छन । उनिहरुको प्रतिवद्धतामा हेर्दा व्यवसायीक हकहित भन्दा पनि विकासे एजेण्डा बढि देखिन्छन । प्रतिवद्धता हेर्दा उद्योग बाणिज्य संघको निर्वाचन नभएर कुनै संसदिय तथा स्थानिय तहको निर्वाचन आएको जस्तो देखिन्छ । कुनै राजनिति दलले निर्वाचनमा ल्याउने नारा संघमा देखिन्छन ।  दुवै पक्षका अधिकाशं चुनावी एजेण्डा आफुले जितेमा सडक निर्माण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटकीय क्षेत्र घोषणा गर्न पहल गर्ने जस्ता एजेण्डाहरु देखिन्छन ।  

सांसद र नेता नै व्यवसायीका लागी भोट माग्दै
निर्वाचनमा राजनीतिक रूपमै दुई प्यानल भएर व्यापारी बाँडिएका छन । कांग्रेस, राष्ट्रिय जनमोर्चा नयाँ शक्ति र राप्रपाको एउटा प्यानलबाट युवराज राजभण्डारी र नेकपाको प्यानलबाट दयाराम पौडेलको नेतृत्वमा व्यापारीलाई चुनाव लागेको छ । राजभण्डारी काग्रेस निकट र पौडेल वामपन्थी (नेकपा) निकट व्यवसायि मानिन्छन् । यी दुई आकाङ्क्षीले आस्था राख्ने पार्टी नेपाली काँग्रस र नेकपाका नेता चाहिँ आफू नजिकको उम्मेदवारलाई जिताएर पार्टीको हैसियत  देखाउने दाउपेचमा देन्छिन् । नेता देखी सांसद सम्महरु खुलेरै आफ्नो उम्मेदवारका लागी भोट माग्न व्यवसायीको घरघरमा पुगेका छन ।  

निर्वाचन नजिक गर्दा दुबै पक्ष आफ्नो चुनावी रणनीति बनाउन व्यस्त छन् । निर्वाचनमा १२ सय २६ व्यवसायीहरुले मतदान गर्न पाउनेछन । संघमा दुवै पक्षले आफ्नो बहुमत भएको दाबी पनि गरिरहेका छन ।

राजनितिकरणले संस्थागत विकासमा असर पर्न सक्छ : पुर्व अध्यक्ष श्रेष्ठ
‘व्यावसायिक हितका लागि नारा लगाउनुपर्नेमा राजनीतिक नेताले झैं विकासका एजेन्डा अगाडि सारेका छन उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले भने, ‘यसरी राजनितिकरण गरेर अगाडि बढदा संघको संस्थागत विकासका लागी पछि असर पर्न सक्दछ । अहिले दुई प्यानल  भएर चुनावमा होमिएका छन व्यवसायीको चुनावमा राजनीति छप्रष्ट भएको छ ।’ ‘नेतृत्वहरु चुनावमा राजनितिक दलको बिल्ला भिरेर आफ्नो पक्षमा एकलौटी बनाउने दाउमा देखिएका छन , श्रेष्ठले थपे, यसरी लिएको नेतृत्वलाई पछि काम गर्नका लागी कठिनाई आउन सक्छ ।

राजभण्डारी समूहले विकासे कामभन्दा व्यावसायिक हितमा काम गर्ने प्रतिबद्धता जनाएको वर्तमान प्रथम उपाध्यक्ष एवं सदस्यका उम्मेदवार नरेश कँडेलको दाबि छ । ‘हरेक स्थानीय तहमा संघको इकाइ खोलेर राजस्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधि तोक्ने व्यवस्था गर्छौं भनेका छौं,’ कंडेलले भने, ‘हामीले केबुलकार बनाउने नारा लगाएका छैनौं ।’ करको वैज्ञानिक व्यवस्थापन गर्न स्थानीय तहमा पहल र प्रयत्न गर्नेछौं । जिल्लामा कम्तीमा दुई सय महिलालाई पर्यटन व्यवसाय सम्बन्धी तालिम दिने कार्यक्रम ल्याउने उनले बताए ।  राजभण्डारी समुहले १७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको थियो । प्रतिवद्धतामा केही विकास कुरा भए पनि अधिकाशं व्यवसायको हकहितका कुरा पनि समेटिएको उनिहरुको दबि रहेको छ ।

पौडेल समूहले १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । समूहले कालिगण्डकी करिडोरलाई बागलुङ बजार क्षेत्र हँुदै म्याग्दी जोड्न आवश्यक पहल गर्ने मध्यपहाडी राजमार्ग अन्र्तगत बागलुङ घोडबाधे खण्डलाई कालोपत्रे गर्न सम्बन्धीत निकायलाई दबाब सृजना गर्न, केबुलकार र अग्लो पुल बनाउने नारा प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।

‘नगरपालिकाले जथाभावी कर लगाएर व्यापारीलाई मर्कामा पारेको छ यसलाई बैज्ञानिक तरिकाले घटाएर राहत दिने भनेका छौं अध्यक्षका उम्मेदवार पौडेलले भने, ‘ व्यावसायीक समस्या पहिचान गर्ने र समाधानको उपाय अवलम्बन गर्ने गरी काम गर्ने छौं ।
 
उम्मेदवारहरु भेटघाटमा व्यस्त
राजभण्डारी र पौडेल दुबै मतदाताको मत आफुतिर तानेर कसरी नेतृत्व हत्याउन सकिन्छ ? भन्ने सुरमा देखिन्छन् । यसका लागि उनीहरु निरन्तर बैठक, छलफल र भेटघाटमा देखिन्छन् । धार्मिक, राजनीतिक र सांस्कृतिक समूह बनाएर प्यानल जिताउने निर्णय गराउने र वनभोज समेत गर्न थालेका छन । बनभोज र सभाका कार्यक्रममा पार्टी नेतृत्व समेत पुग्ने गरेको देखिन्छ । ग्रामिण क्षेत्रका मतदातालाई कसरी विश्वासमा लिने र आफ्नो पक्षमा मतदान गराउन कसरी बागलुङ बजारसम्म ल्याउने भन्ने विषयमा आ–आफ्नो पङ्तिभित्र कार्य विभाजन समेत भै सकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ