arrow

ब्रोइलर कुखुराको मुल्यनिर्धारण नहुँदा समस्या

logo
मुरली गोडिया,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
kuhura_palak.jpg

बर्दिया । ब्रोइलर कुखुराको मुल्यनिर्धारण नहुँदा कुखुरा पालक व्यवसायी किसानहरुलाई समस्या भएको छ। आफहरुले पालेको कुखुराको मुल्य निर्धाण नभएकाले समस्या परेको व्यवसायीहरुले बताएका छन्। समय समयमा सप्लार्यस र फ्रेसहाउसले कुखुराको मुल्य घटेको छ भनेर किसानसंग मोलमोलाई गरि केही जिल्लाहरुमा कोल्ड स्टोरले किसानको खोरमै तौल नगरी किसानलाई मर्कामा पारेको कुखुरा पालक किसानहरुले गुनासो गरेका हुन्। यस्तै परिस्थिती रहेमा किसान पेशाबाटै पलायन हुनुपर्ने स्थिति देखा परेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।

कुखुरा पालक व्यवसायी किसान संघ बर्दियालले सदरमुकाम गुलरियामा पत्रकार सम्मेलन आयोजना गरेको हो। मासुजन्य कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी संघ, दाना उत्पादन गर्ने दाना संघ र दाना तथा चल्ला सप्लार्यस गर्ने विभिन्न सप्लार्यसले समयसमयमा मुल्य बृद्धि गर्ने गरेकोमा समस्या थपिएको संघका अध्यक्ष महेश कुमार शाह र सचिव खडक बहादुर केसी.द्धारा हस्तक्षरित जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ब्रोइलर कुखुरापालल गर्ने किसानहरुको हितका लागी पौष १ गते देखी देशव्यापी रुपमा खोर काँटा लागु गर्ने र मुल्य निर्धाण गर्ने भन्ने विभिन्न कुखुरा पालक संघको कार्यक्रम रहेको संघले जनाएको छ। बर्दिया जिल्लामा पनि कुखुरापालक व्यवसायी किसान संघ बर्दियाले मुल्य निर्धारण लगाएत विभिन्न कार्यक्रम गर्ने भएकाले सरोकारवाला निकायलाई जानकारी गराइदिन संघका सचिव खडक बहादुर केसीले आग्रह गरे। मुल्यनिर्धारण लगायत किसानलाई परेको समस्याका विषयमा सम्बन्धित सरोकारवाला निकाय प्रशासन सवैको ध्यानाकार्षण गर्दै किसानको उत्पादित बस्तुको उचित मुल्य र सहज बजार पहुँचमा उपभोग गर्न पाउन भन्ने अपेक्षा रहेको सचिव केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ