arrow

तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार प्रा. डा. चूडामणि बन्धुलाई

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
chudamani-bandhu.jpg

काठमाडौं। शिक्षाबिद एबं अनुसन्धानकर्ता स्व.तुलसीमान श्रेष्ठको स्मृतिमा स्थापना गरिएको तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार प्रा. डा. चूडामणि बन्धुलाई प्रदान गरिने भएको छ। तुलसीमान श्रेष्ठ स्मृति समाजको बुधवार बसेको कार्यसमितिको बैठकले प्रा.बन्धुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

नेपाली भाषा, साहित्य, लोक साहित्य एवं बाल साहित्यको अध्ययन, अनुसन्धान तथा अध्यापनका साथै नेपाली समालोचनाको क्षेत्रमा गर्नुभएको अनुकरणीय योगदानको सम्मान गर्दै बन्धुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठान जनाएको छ। 

पुरस्कार पुष २ गते प्रज्ञा प्रतिष्ठानमा बिशेष कार्यक्रम आयोजना गरि प्रा. डा. बन्धुलाई प्रदान गरिने कार्यक्रम तय भएको जनाइएको छ। लामो समय त्रिभूवन बिश्वबिद्यालयमा प्राध्यापन गर्नुभएको स्व.श्रेष्ठका लोक साहित्य सम्बन्धि आधा दर्जन भन्दा बढि कृतीहरु प्रकासित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ