arrow

वित्तीय क्षेत्रको समस्या पत्ता लगाउन उच्चस्तरीय समिति

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
Yubaraj-khatiwada1.jpg

काठमाडौं । अर्थमन्त्रालयले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्र तथा पुँजी बजारमा देखिएका समस्याहरुको खोजी गर्नको लागि एउटा उच्चस्तरीय समिति गठन गरेको छ। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । 

समितिले एक हप्ताभित्र बैंकिङ क्षेत्रमा देखिएको ब्याजदर अस्थिरता र पुँजी बजारको उतार चढावको अध्ययन गर्नेछ । डेपुटी गभर्नर श्रेष्ठ नेतृत्वको समितिमा वित्तीय क्षेत्र व्यवस्थापनका सहसचिव, धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष लगायतको प्रतिनिधित्व रहनेछन् । 

समितिले एक हप्ताभित्र बैंकिङ क्षेत्र र पुँजी बजारमा देखिएको समस्याको अध्ययन गरेर समाधानका उपाय समेत सुझाउनेछ । घट्दो सेयर बजार र बैंकहरुले व्याजदरमा गरेको प्रतिस्पर्धापछि सरकारले यसको नियन्त्रको लागि यस्तो समिति गठन गर्न लागेको हो । तर सोही दिन बैंकर्स संघले ब्याजदरमा यस अघि कायम गरिएको सिमा सम्बन्धी भद्र सहमति हटाएसँगै बैंकहरुले १३ प्रतिशत ब्याजदरमा निक्षेप आव्हान गरेका छन् । त्यसँगै पुँजी बजारका लगानीकर्ता पनि त्रसित बनेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ