arrow

प्रधानमन्त्री ओली असहिष्णुः उदय शमशेर राणा

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
uday-samser-rana.jpg.jpeg

काठमाडौं। पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति असहिष्णु चरित्रको भएको बताएका छन्। 

नागरिकको मतबाट निर्वाचित सरकारबाट नागरिकले सहिष्णु व्यवहार अपेक्षा गरेपनि प्रधानमन्त्रीको केपी ओलीको नेतृत्वको सरकारबाट नागरिकले त्यो पाउन नसकेको राणाले बताए। 

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट नियन्त्रणमा लिई वालुवाटारमा लगेर राखिनु, अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन विमानस्थल पुगेको पूर्व मा‌ओवादी एक युवालाई गृहमन्त्री तथा नेकपाका नेताको आलोचक भएकै आधारमा अध्यागमनद्वारा फिर्ता गराइनु लगायतका सिलसिलेवार घटना प्रधानमन्त्री तथा उनको नेतृत्वको सरकारको असहिष्णु चरित्रका उदाहरण भएको राणाले बताए। 

सामाजिक सञ्जालमा आलोचना गर्नेलाई पक्राउ गरिनु, सञ्चारमाध्यममा अघोषित सेन्सरसीप बढ्नु, बुद्धिजिवीलाई लल्कार्दै प्रधानमन्त्रीले चुनौती दिनु जस्ता अभिव्यक्तिले राज्यको असहिष्णु चरित्र संकेत गरेको उनले बताए।

प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वको सरकारले आलोचना सहन नसकेर नागरिकमाथी भय सिर्जना गर्दै आफ्नो असफलता ढाकछोप गर्न उद्धत हुँदा अझ असहिष्णु व्यवहार प्रदर्शन भएको राणाको ठहर छ। 

नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका राणाले तत्काल आफ्ना असहिष्णु व्यवहार रोक्न सरकारलाई चेतावनी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ