arrow

नवोजित सिद्धूको आवाज गुम्ने खतरा, यस्तो दिए चिकित्सकले सल्लाह

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
sidhu.jpg

काठमाडौं । भारतीय पूर्व क्रिकेटर एवं पञ्जाबका क्याबिनेट मन्त्री नवोजित सिद्धूको आवाज गुम्ने खतरा बढेको छ । चुनावका बेलामा बढी खटिएपछि उनको आवाजमा समस्या आएको हो । 

पाँच राज्यको चुनाव प्रचारप्रसारका लागि खटिएका सिद्धू माथि यस्तो आपत् आइलागेको हो । 

सिद्धूले काँग्रेस आईका लागि चुनावी र्यालीमा सहभागी हुने क्रममा १७ दिनमा ७० र्यालीमा सम्बोधन गरेका थिए । चिकित्सकका अनुसार सिद्धूलाइृ लिरिंगजाइटिस भएको छ । 

चिकित्सकले उनले पाँच दिन आराम गर्न सल्लाह दिएका छन् । मिडिया रिपोर्टका अनुसार सिद्धू लगातार हेलिकोप्टरमा तथा फ्लाइटमा यात्रा गर्दा अझ बढी बिमार भएका हुन् । 

यो रोग दिल र दिमाग तगडा भएका अवस्थामा यदि गलाले साथ दिएन भने हुने गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ