arrow

जीन्युजको दाबी : भारतविरुद्ध षडयन्त्रका लागि नेपाली मिडियाको प्रयोग 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २३ आइतबार
oli-modi-one-to-one.jpg

काठमाडौं । भारत र नेपालको सम्बन्ध पछिल्लो समय केही तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यसैबीच नेपाली सञ्चारमाध्यमहरुमा भारतविरोधी समाचार फैलाउन चीनले सहयोग गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ। जी न्युज अनलाइन पोर्टलले नेपालमा भारतविरोधी भावना फैलाउन षडयन्त्र भइरहेको उल्लेख गरेको छ। 

जी न्युजले नेपालका केही पत्रकार र सञ्चारमाध्यमहरुले यसका लागि विदेशी दाताहरुबाट उल्लेख्य रकम लिइरहेको बताएको छ । समाचारमा उक्त मिडिया संस्थानहरुलाई युट्युब तथा काठमामाडौंका केबलको माध्यमबाट भारत विरोधी समाचार तयार पार्नका लागि उल्लेख्य पैसा खर्च भइरहेको बताइएको छ । 

त्यसका साथै मिडियाहरुलाई चीनको सकारात्मक समाचार बनाउनका लागि निर्देशन दिइएको छ । भारतविरोधी समाचार तयार पार्नका लागि नेपाली मिडियाको ५ टोली बनाइएको र त्यसमा प्रत्येक टोलीलाई महिनाको २ देखि ५ लाखरुपैयाँसम्मको रकम विदेशबाट आउने गरेको समाचारमा उल्लेख गरिएको छ । 

उक्त मिडियाहलाई नेपाल र चीनको बीचमा राम्रो समाचार देखाउनका लागि निर्देशन दिइएको छ । यसको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्ध थप राम्रो बन्नसक्ने बताइएको छ  । 

भारतविरोधी सामग्रीहरु प्रसारको लागि काठमाडौं र काभ्रेजिल्लाका केबल अपरेटरहरुको सहयोग लिइरहेको आरोप लगाइएको छ । यी केबल अपरेटर्सहरुले प्रत्येक महिना ७ लाख रुपैयाँ पाउनेछन् । त्यसका साथै भारतविरोधी लेखका लागि प्रत्येक महिना २ लाख रुपैयाँ दिइने गरिएको बताइएको छ । 

लामो समयदेखि भारतसँगको राम्रो सम्बन्ध बिगार्नका लागि पछिल्लो केही महिनादेखि यस किसिमको रकम आउन थालेको बताइएको छ । पछिल्लो समय नेपालमा सडक तथा रेलका योजनाहरुको माध्यमबाट आफ्नो प्रभाव बढाउने दिशामा रहेको छ भने चिनियाँ कम्पनीहरु नेपालमा लगानी बढाउने ध्याउन्नमा रहेका छन् । 

विशेषगरी भारतले नेपालमाथि लगाएको नाकाबन्दीपछि बिग्रिएको सम्बन्धको फाइदा उठाउने दिशामा चीन अघि बढेको आरोप उक्त समाचारमा लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ