arrow

एकै विद्यार्थीलाई तीन पदक

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
tribhuvan-university.jpg

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा एकै विद्यार्थीले तीन पदक पाउने भएका छन् ।

रामपुर क्याम्पस रामपुरबाट स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएकी सुलोचना श्रेष्ठले समारोहमा तीन वटा पदक पाउने त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी गराए । ९०.८८ प्रतिशत ल्याई स्नातकोत्तर तहमा सर्वोकृष्ट अङ्क ल्याएकी श्रेष्ठले चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदकसमेत प्राप्त गरेको सहनियन्त्रक अधिकारीले जानकारी गराए ।

यस्तै समारोहमा जनप्रशासन क्याम्पस बल्खुका व्यवस्थापन सङ्कायका अन्तर्गतका एम.फिलमा सर्वोकृष्ट अङ्क ल्याउने नेत्रप्रसाद सुवेदीले त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्रध्यापक हरिराज अधिकारी स्वर्ण पदक पाउनेछन् । सुवेदीले ३.९३ सिजिपिए अङ्क ल्याउँदै सर्वोकृष्ट भएका थिए ।

समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने एम.फिल, स्नातकोत्तर र स्नातक तहका ३१ जना विद्यार्थीलाई विभिन्न पदक प्रदान गरिने उनले जानकारी गराए । यस्तै स्नातकोत्तरतर्फको इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कूल अफ म्यानेजमेन्ट कीर्तिपुरबाट एमबिएमा सर्वोकृष्ट ३.९४ सिजिपिए अङ्क ल्याउने अल्का श्री श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

यस्तै स्नाकोत्तर तहतर्फ १९ र स्नातक तहतर्फ १० जनालाई पदक प्रदान गरिने भएका छन् । यस्तै स्नातकोत्तरतर्फ दमक बहुमुखी क्याम्पस झापाकी दुर्गा अग्रवालले दीक्षान्त समारोहमा दुई वटा पदक पाएकी छन् । उनले एमबिएसमा ७५ प्रतिशत अङ्क ल्याएकी छन् । उनले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाएका छन् ।

यस्तै त्रिवि केन्द्रीय क्याम्पसबाट एमएमा सर्वोकृष्ट अङ्क ल्याउने महेश आचार्यले समेत तीनवटा पदक पाएका छन् । ३.७६ सिजिपिए अङ्क ल्याउका उनले तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन् ।

यस्तै त्रिवि केन्द्रीय क्याम्पसबाट एमएमा राजनीतिक शास्त्रबाट ३.८६ सिजिपिए अङ्क ल्याउनुभएका निर्देश सिलवालले समेत ललित चन्द पदक र वडाकाजी मरिचमान सिंह पदक पाएका छन् । स्नातकतर्फ के एण्ड के इन्टरनेशनल कलेज, काठमाडौँबाट मानविकी सङ्कायमा ७४.८६ अङ्क ल्याई सर्वोकृष्ट भएकी प्रभा त्रिपाठीले पिपल्स क्याम्पस तीर्थरत्न बज्राचार्य पदक र एलएलबीमा समेत ७५.८३ अङ्क ल्याई सर्वोकृष्ट भएका त्रिपाठीले लोकराज ज्ञवाली स्वर्ण पदक पाएका छन् ।

आगामी पुस १६ गते हुने दीक्षान्त समारोहमा गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या नौ हजार ४९२ विद्यार्थी दीक्षित र ६ हजार ३१३ अभिभावक सहभागी हुँदैछन् । त्रिविले २०७४ साल जेठ १८ देखि २०७५ जेठ ३१ गतेसम्म त्रिविबाट उत्तीर्ण भएका विद्यार्थीलाई गत असोज ४ देखि कात्तिक ७ गतेसम्म दीक्षान्त समारोहमा भाग लिन यसपटक विद्यार्थीलाई पहिलो पटक अनलाइन फारम भराइएको थियो । दीक्षान्त समारोह ललितपुरका पुल्चोक इञ्जिनियरिङ क्याम्पस हुने भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ